जनप्रतिनिधि र कर्मचारीहरुद्धारा नगरपालिकाको कोरोना कोषमा करिब साढे चार लाख रुपैयाँ सहयोग

बेनी,मंगलबार बैशाख २३ गते ।
म्याग्दीको बेनी नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा कर्मचारी तथा जनप्रतिनिधिहरुले आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोकथाम ,नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाका कर्मचारीहरुले १,६५,५५५ रुपैयाँ र जनप्रतिनिधिहरुले २,५८,७१० रुपैयाँ जम्मा गरिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

फाइल तस्विर

उहाँका अनुसार कोरोना प्रकोप व्यवस्थापन कोषमा मेयर,उपमेयर वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सहित नगरपालिकामा कार्यरत कर्मचारीहरुले कोषलाई सहयोग गरेका हुन । कोषमा नगरपालिका मेयर हरिकुमार श्रेष्ठले सवै भन्दा बढी एकाउन्न हजार रुपैयाँ जम्मा गर्नुभएको छ ।

उपमेयर सञ्जु बरुवालले २५ हजार पाँच सय ५५,प्रवक्ता एवम् वडा नं. ८ का वडा अध्यक्ष बराइलीले २० हजार एकसय ५५, वडा नं. १ का वडा अध्यक्ष टेकबहादुर रावल १० हजार, वडा न.ं २ का अध्यक्ष हिराबहादुर थापा १० हजार,३ का पदम पुनले १० हजार,४ का गोविन्द प्रसाद पौडेलले १५ हजार, ५ नम्बरवडाका वडा अध्यक्ष लक्ष्मण बानियाँ ५ हजार रुपैयाँ कोरोना कोषलाई सहयोग गर्नुभएको छ ।


यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले १३ हजार,७ का राजेन्द्र कुमार श्रेष्ठले १० हजार, ९ का वडा अध्यक्ष बेलबहादुर चाेखालले ११ हजार, १० का कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले १० हजार, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले १५ हजार सहयोग गर्नुभएको प्रवक्ता बराइलीले जानकारी दिनुभयो ।

यस्तै कार्यपालिका सदस्य टकसरा राना १० हजार,गौमति नेपाली पाँचहजार,दुर्गा कार्की बानियाँ १० हजार, योगेन्द्रमान गौचन पाँचहजार,झलप्रसाद गौचन १५ हजार, वडा नम्बर ८ का सदस्य हिमबहादुर भण्डारी पाँच हजार र हिराबहादुर पुनले ३ हजार रुपैयाँ कोरोना प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्नुभएको छ । यस अघि नगरपालिकाले एक करोड रुपैयाँ बराबरको कोरोना व्यवस्थापन कोष स्थापना गरेको थियो । सो कोष कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापन कार्यमा परिचालन गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार