प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुबिवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी

म्याग्दी । म्याग्दीको सदरममुकाम बेनीकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान ध्रुव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिनुभएको छ । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गर्नुभएकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहेरी दिनुभएको हो ।

मंसिर पहिलो साता जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बैदाम प्रहरी चौकी पोखरामा सरुवा भएका प्रहरी निरिक्षक शर्मा विरुद्ध स्मृती शर्माको तर्फबाट एकेन्द्र महतले बहुविवाह र भु्रण हत्या गरेको आरोपमा गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंङ्ग कुँवरले जानकारी दिनुभयो ।

‘ श्रीमान प्रहरी निरिक्षक धु्रव शर्मा विरुद्ध पत्नी स्मृतीले एकेन्द्र महत मार्फत गर्भ संरक्षण विरुद्ध र बहुविवाहको कसुरमा उजुरी दिनुभएको छ ,’– प्रनाउ कुँवरले भन्नुभयो , ‘जाहेरी दिएपछि थप अनुसन्धान अगाडी बढ्छ ।’

श्रीमानले आफुलाई जर्वजस्ती गर्भपतन गर्न लगाएको, विवाह पश्चात घरमा समेत नलगेको, आफुलाई यातना दिने गरेको र पछिल्लो समय सरुवा भएर गएपछि आफुसंगको सम्पर्क छुटाएर अल्पत्र पार्ने काम गरेको पीडित स्मृतिले सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।चिनजान बाट प्रेम, शारिरीक सम्बन्ध हुँदै प्रेमविवाह गरेका शर्मा दम्पती बिच पछिल्लो समय सम्वन्धमा खटपट आएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार