ललितपुर । नेपाली वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने भएका छन् । संस्कृतिविद् जोशी र उनकी श्रीमती राधादेवी जोशीले चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्ने भएका छन् ।
उनीहरुले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा आफ्नो शरीर दान दिने उनीहरुको भनाइ छ । शुक्रबार दिउँसो साढे १ बजे आयोेजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । नागरिक खबरबाट