काठमाडौं । ग्रीन कफी बेच्ने एकजना पक्राउ परेका छन् । मोटोपन घटाउँछ भन्दै ग्रीन कफी बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँबजार, खुशीवु बस्ने टिम वान सप्लायर्स प्रालिका सञ्चालक ४२ वर्षीय आशीष आचार्य रहेको प्रहरी जनाएको छ ।
उनले ग्रीन कफीको नियमित सेवन गरेमा बिना कुनै साइड ईफेक्ट साताको तेह्र किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्दै विज्ञापन, बिभिन्न लेख, ब्लग, फेसवुक तथा अन्य सामाजिक सञ्जालहरुमा प्रचा गर्दै आएका थिए । उनको सप्लायर्समा खानतलासी गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । नागरिक खबरबाट


























