कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ ।

७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो । आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार