प्रधानमन्त्री ओलीको आक्रोश : नेपालका पत्रकारलाई तपाईँ भन्नै आउँदैन ?

काठमाडौं ,मंगलबार असार ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले नै भाषा बिगारेको आरोप लगाएका छन् । उनले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा उनले पत्रकारलाई तपाईं भन्न आउँदैन भन्दै प्रश्न गरेका छन् । उनले नेपाली सञ्चारमाध्यमले सबै समान भन्दै तपाईं नभन्ने गरेकोमा आपत्ती जनाएका हुन् । उनले सबैलाई समान भनेर तिमी भन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

“सञ्चार जगतलाई म भन्न चाहन्छु । सञ्चार लोकतन्त्रको एउटा पिलर हो । त्यसैले राज्यको चौंथो अंग भनिन्छ ,” उनले भने, “हाम्रो टेलिभिजनले कसैलाई तपाईँ भन्नै जान्दैन । तपाईं भन्ने नेपाली शब्दको भाषै हराइसक्यो । बाउलाई पनि तिमी, हजुरबालाई तिमी, हजुरआमालाई पनि तिमी । यो त नेपाली संस्कृतिभित्र पर्दैन ।”

आफुले यस्तो भन्दा कतिपयलाई मन नपर्ने पनि उनले बताए । स्थापित सञ्चारमाध्यमले पनि सामाजिक सञ्जाललाई पछ्याउनतिर लाग्ने हो भने कस्तो समाज सिर्जना गर्छौ भन्दै ओलीले प्रश्न गरे । बाह्रखरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार