मेजर शाहीलाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला

काठमाडौं । सैनिक अदालतले मेजर अशोकजंग शाहीलाई पदबाट बर्खास्त गर्ने फैसला सुनाएको छ।कैलाली लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा तत्कालीन अवस्थामा कार्यरत् सेनानी शाहले सैनिक आचरणविरूद्ध काम गरेको ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो।

केही दिनअघि अदालतले शाहीलाई पदबाट बर्खास्त र एक महिना जेल सजाय सुनाएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले बताउनुभयो।शाही एक महिना कैद सजाय काटेर मुक्त भइसकेका छन्। शाहीमाथि छानबिनपछि सहायक रथी कृष्णबहादुर जिसीको नेतृत्वमा सैनिक अदालत गठन भएको थियो।सैनिक ऐन अनुसार शाहीले अब एक पटक पुनरावेदन गर्न पाउँछन्।फैसलामा चित्त नबुझे सैनिक ऐनले दिएको अधिकार अनुसार पुनरावेदन गर्न पाइन्छ, त्यो अधिकार प्रयोग गर्नेरनगर्ने सम्बन्धित व्यक्तिको निर्णय हो,’ सिलवालले भन्नुभयो।

गत कात्तिकमा शाही कैलालीको चिसापानी बजारमा जाँदा स्थानीयले उनीमाथि आक्रमण गर्दै गाडी तोडफोड गरेका थिए। उनी एउटा होटलमा छिर्न खोजेपछि विवाद भएको थियो।विवादपछि शाही कार्यालयमा गएर ड्युटीमा बसेका हुद्दा लिएर फेरि चिसापानी बजार पुगेका थिए। स्थानीयलाई उनले हुद्दाको राइफल देखाएको आरोप लागेको थियो।चिसापानीस्थित प्रहरी कार्यालयमा दुबै पक्षबीच उजुर–बाजुर नगर्ने सर्तमा मिलापत्र भएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार