जुम्ला कारागारमा भेटघाट बन्द

जुम्ला । कोरोना संक्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ। कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो।

कारागारका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएका हो। उहाँले भन्नुभयो, ‘कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको हो। कारागार घेराबारदेखि बाहिर कम्तिमा १५ मिटर टाढाबाट मात्रै आफन्तहरूले भेटघाट र कुराकानी गर्न सक्ने छन्।’

यस्तै स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जमघट र भेला हुन समेत रोक लगाएको छ। उहाँले भन्नुभयो, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरूसँग भेटघाटमा रोक लगाएका छौ।’ अहिले कारगारामा १६ जना कैदीबन्दी बिरामी छन्। उनीहरूलाई ज्वरो आउने, टाउको जीउ दुख्ने लक्षण देखिएको छ। उनीहरूलाई औषधि चलाएको कारागारका अहेब महेश महतले बताउनुभयो।

कैदीवन्दीलाई औषधि चलाए पनि कोरोना परीक्षण भने गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा जुम्ला कारागारका कैदीबन्दी प्रभावित भएका थिए। दोस्रो लहरका यहाँ १४ जना संक्रमति भएका थिए। त्यसमध्ये एक जनाको मृत्यु भएको थियो। अहिले कारागारमा एक जना महिलासहित एक सय १५ जना कैदीबन्दी छन्। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार