काठमाडौँ । सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ ।सोमबार ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघरसंस्थाहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार भोलि सार्वजनिक बिदा दिइने गृह मन्त्रालयले जनाएको छ ।
‘बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।