काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहितामाथि प्रश्न उठाउनुभएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने सर्त व्यवहारिक नभएको रिजालको भनाइ छ ।
शुक्रबार विहान सामाजिक सञ्जालमार्फत उनले पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन भन्दै प्रश्न गर्नुभएको हो । ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका प्रधानमन्त्री –पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?’, रिमालको प्रश्न छ ।
निर्वाचनमा जाँदा पद्को दुरुपयोग नहोस् भन्ने सोच्नु पर्ने भएपनि यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ रिजालले भन्नुभएको छ । राजपत्रमा बिहीबार जारी भएको स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ अनुसार पदमा बहाल रहेर जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने व्यवस्था छ । स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्दा राजीनामा पत्र दर्ता गरेको निस्सासमेत प्रमाणका रूपमा पेस गर्नुपर्ने छ । रातोपाटीबाट