काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन उदघाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो ।
विधानलाई मिचेर काम नगर्न उहाँले सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गरे । टुटफुट नभइ सबै एक भएर काम गर्नुपर्ने उहाँको भनाइ छ । ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं,’ उहाँले भन्नुभयो, ‘तर तपाईंहरू नै एक हुनु हुँदैन, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’ अनलाइनखबरबाट