बिहेको प्रलोभन देखाइ ४२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नवीन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

विवाह गर्ने प्रलोभन देखाई पीडितलाई आफू अस्पतालमा रहेको जनाउँदै पटक पटक रकम पठाउन उनले लगाएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौँ विशाल नगरबाट पक्राउ गरेको हो । उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार