बेनी। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा नेपाल तरुण कप भलिबल प्रतियोगिता २०८१आयोजना हुने भएको छ । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिताका बारेमा जानकारी दिईएको हो ।
म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ७,८ र ९ गते मालिका गाउँपालिकाको वडा नं। ६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवम् अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४,१५ र १६ गते अन्नपूर्ण गाउँपालिकाको वडा नं। ४ नारच्याङ्कमा आयोजना गरिने तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले जानकारी दिनुभयो ।
त्यस्तै दुबै पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले रु १ लाख ११ हजर १११, ट्रफी मेडल र प्रमाण पत्र, द्धितिय हुनेले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यस्तै महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले रु ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
म्याग्दीमा भलिबलको लोकप्रियता भएका करण खेल मार्फत भलिबलको संरक्षण, सम्बद्र्धन र विकासमा टेवा पुराउने, खेल प्रतिभाको विकास गरी युवा शक्तीलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरण प्रदान गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको तरुण दलका कार्यबाहक अध्यक्ष श्री प्रसाद रोकाले जानकारी दिनुभयो ।
उहाँले तरुण दलले पहिला पनि यस्ता कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । म्याग्दी जिल्लामा भलिबल क्षेत्रमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भएको संगै जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पराउने उदेश्य रहेको रोकाको भनाई छ ।
कार्यक्रमको उद्घाटनमा प्रदेश तथा केन्द्रिय मन्त्रीहरुलाई निमन्त्राणा गरी जिल्लाको अन्य विकासमा समेत सहयोग पुग्ने गरी कार्यक्रम तय भएको काबा अध्यक्ष रोकाले बताउनुभयो ।
१५ लाख ५० हजारको खर्च अनुमान गरिएको प्रतियोगितामा दर्ता शुल्क पुरुषको ६ हजार र महिलाको ४ हजार राखिएको तरुण दलका कोषाध्यक्ष पदम छन्त्यालले जानकरी दिनुभयो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।