म्याग्दी, ८ चैत । म्याग्दीमा ज्यान कर्तव्य मुद्दामा संलग्न एक प्रतिवादीलाई घटना भएको करिब एक महिनापछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार अनुसन्धानको दायरामा रहेका अन्नपूर्ण गाउँपालिका–३, दानाका २२ वर्षीय प्रकाश विकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो ।गत फागुन ७ गते साँझ क...
म्याग्दी न्युज संवाददाता
गलेश्वरधाम आमा समूहको अध्यक्षमा पुन: फुलकुमारी रोका निर्विरोध चयन
म्याग्दी, ७ चैत । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र गलेश्वरमा सक्रिय गलेश्वरधाम आमा समूहको अध्यक्षमा फुलकुमारी रोका पुन: दोस्रो कार्यकालको लागि निर्विरोध चयन हुनुभएको छ । शनिबार सम्पन्न समूहको १५औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशनले रोकाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ...
म्याग्दीमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
म्याग्दी, ६ फागुन । जिल्लामा जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार २०८२ फागुन २६ गते बिहान करिब १ बजेको समयमा उक्त घटना घटेको हो । परिवर्तित विवरणअनुसार जिल्ला ४३ अन्तर्गत बसोबास गर्ने पीडित (परिवर्तित नामथर ०८२/०८३ (४३) ११) आफ्नै...
योगकुमार फगामीद्वारा दर्मिजाका विभिन्न संस्थालाई आर्थिक सहयोग
म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेग स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका सामाजिक व्यक्तित्व योगकुमार फगामीले विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । फगामीले स्थानीय स्तरमा क्रियाशील संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यल...
टिका पुर्जा पुनमगर रघुगंगा पुनमगर समाजको अध्यक्षमा चयन
म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाल पुन मगर समाजको ‘प्रथम पालिका अधिवेशन’ बुधबार सम्पन्न भएको छ । दर्मिजामा आयोजित अधिवेशनले टिका पुर्जा पुन मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनको उद्घाटन नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगर...
म्याग्दीमा वन डढेलो व्यवस्थापनबारे पत्रकारसँग अन्तरक्रिया
बेनी, २ फागुन । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालय म्याग्दीले सोमबार पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । “वन डढेलो व्यवस्थापन सप्ताह–२०८२” को अवसरमा आयोजित कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि तीन तहका सरकार, सुरक्षा निकाय तथा स्थानीय समुदायबीच ...
८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ औं जन्मोत्सवको अवसरमा दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । च्युरीबोटका टिकप्रसाद पुन र दिलमाया पुन दम्पत्तीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोट स्थित सिद्धार्थ माविलाई एक लाख ८५ हजार ५५५ रपैयाँ सहयोग गर्नुभएको छ । भने सोही विद्यालयलाई ...
तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप तथा प्याकेजिङ तालिम
बेनी, २९ फागुन। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू र तिनका संरक्षकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिड्स नेपालको आर्...
आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालको उम्मेद्वारी घोषणा
बेनी । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालले उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन यही चैत ५ र ६ गते काठमाडौंमा हुँदैछ ।शुक्रबार महासंघको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका छन्त्याल संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । लामो समयदेखि ने...
महावीर पुनको चुनावी खर्च : एमाले उम्मेद्वार श्रेष्ठको भन्दा कम कांग्रेस उम्मेद्वार भण्डारीको भन्दा बढी
बेनी । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक खर्च विवरण अनुसार ,चुनावी खर्च २८ लाख रुपैयाँ बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १०...


















































