• सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

    धनगढी । सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण ...

  • सरकारद्वारा १६ पत्रकार पुरस्कृत

    काठमाडौं । सरकारले १६ पत्रकारलाई पुरस्कृत गरेको छ । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । वरिष्ठ पत्रकार सम्मान २०७६ (मरणोपरान्त) स्व.सुकदेव नेपाल (अग्निशिखा) र श्रीहर्ष सुब्बालाई दिइएको छ । त्यस्तै वरिष्ठ पत...

  • म्याग्दीमा थपिए ३९ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ४ का ३० बर्षिय एक पुरुष र वडा नम्बर ६ का २६ बर्षिय एक पुरुष गरी दुई जना ,रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ का २६,२०,६१ र ३२ बर्षिय ४ जना र बेनी नगरपालिका वडा नम्बर २ की ३५ बर्ष...

  • कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन

    काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो। पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए। प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सच...

  • हेटौंडा पुगेर बादलले गराए उम्मेदवारी दर्ता

    हेटौंडा । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थापाले बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । उनक...

  • संसद् सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट संघीय संसद् सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको ज्यान गएको छ । संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले केही दिनअघि स्वाब दिएका उपसचिव खनालमा कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभयो , “रिपोर्ट पोजेटिभ आएको थियो, उहाँ बिरामी नै हुनुहुन्थ्यो, शारीरिकरुपमा ...

  • कोरोना संक्रमणबाट रेडियो नेपालका प्राविधिक इन्जिनीयरको निधन

    डोटी । यहाँ कोरोना संक्रमणमको कारण आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनीयर पदम...

  • कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका प...

  • पर्वतमा जीप दुर्घटना हुदाँ १५ जना घाइते

    पोखरा । पर्वतमा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मलामी बोकेर ठुलीपोखरीबाट मोदी तर्फ जाँदै गरेको जीप कुश्मा नगरपालिका १० पिपलटारीमा गहतेमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । मृगौलाको उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि दाहसंस्कारका लागि मलामी बोकेर मोदीतर्फ हिँडेको ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा ...

  • बादल बने एमालेको उम्मेदवार

    काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् । वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यताल...