• विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार, आरोपित शिक्षक पक्राउ

    कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।...

  • माउन्ट के टू’ को सफल आरोहण गर्ने टोलीलाई उद्योग परिसंघद्वारा सम्मान

    काठमाडौं । विश्वको दोस्रो अग्लो हिमशिखर ‘माउन्ट के टू’ को सफल आरोहण गरेर घर फर्किएका नेपाली टोलीलाई उद्योग परिसंघले बधाई दिएको छ । बिहीबार राजधानीमा एक समारोहको आयोजना गर्दै परिसंघले हिमाल आरोहणमा जाने निर्मल पूर्जासहितको १० नेपालीको स्वागत तथा सम्मान गरेको हो । समारोहलाई सम्बोधन गर्दैं परिसंघका अध्यक्ष सतिषकुमार मो...

  • विद्यालय तहका सहयोगी सामग्री लेखनका लागि आवेदन माग

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहका सहयोगी सामग्री लेख्ने विज्ञहरु छनोटका लागि आवेदन माग गरेको छ । केन्द्रले सूचना प्रकाशित गर्र्दै सात दिन भित्र योग्यता पुगेका नागरिकबाट आवेदन माग गरेको हो ।कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका खुला शिक्षातर्फका ...

  • लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

    सुर्खेत । भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालिदमारबाट छ ग्राम ५ सय ९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट जहरेसम्म जाँदै गरेको बा४ख १...

  • चितवनमा तोरी उत्पादन बढ्यो

    चितवन । जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो । गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका स...

  • रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना हुदाँ १७ जना घाइते

    रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मच्छेडाडीमा स्काउट विद्यार्थी बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परी १७ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरु सबैको उद्धार गरी तामाकोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी ...

  • प्रजातन्त्र दिवसमा ५ सय बढी कैदीबन्दीको सजाय मिनाहा

    काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँ...

  • मृत्यु भएको १७ औंँ दिनपछि आज भागरथीको अन्तिम संस्कार गरिंदै

    काठमाडौं । बलात्कारपछि हत्या भएको १७ औं दिनमा डोटीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका स...

  • प्रचण्ड–माधव पक्षद्वारा नागरिकतासहित पेरिसडाँडा आउन केन्द्रीय सदस्यलाई उर्दीे

    काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको छ । केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार सवै सदस्यहरुलाई नागरिकताको प्रमाणपत्रसहित शुक्रबार १२ बजेभित्र पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनिएको हो । नेकपाका अर्का नेता कृष्णभक्त पोखरेलले निर्वाचन आयोग...

  • अमेरिकामा २३ वर्षीय नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

    टेक्सास । अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म नआएको र मृत्युको कारण पनि नखुलेको जनाइएको छ । हिमपातको कारण विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएपछि उनी साथीस...