• जनकपुरमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप

    जनकपुर । जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रहरीसँगको झडपमा परी नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन्। बजार गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो। सोही क्रममा...

  • आमहड्तालमा रचनात्मक काम,रामेछापमा सडक सरसफाई

    रामेछाप । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालमा तोडफोड र आगजनी मात्र भएका छैनन् । कतिपय स्थानमा रचनात्मक काम पनि भएका छन् । रामेछापमा भने आमहड्ताल गर्दै सडक सफाई गरेका छन् । आन्दोलनकारीहरुले सफाई अभियान अघि बढाएका हुन् । बन्दको बेला सडकमा कुनै पनि गाडी गुड्न नदिनका लागि लाठी लिएर बस्नुको सट्टा सडक सफाई गरेर मन...

  • ज्यान मार्ने मुद्दामा पक्राउ परेका वडाध्यक्ष पुनः रिहा

    बाग्लुङ । जिल्ला अदालत बागलुङलले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ । ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहाद...

  • सुर्खेतमा आन्दोलनकारीको कुटपिटबाट एकजना घाइते

    सुर्खेत । सुर्खेतमा नेकपाको माधव–प्रचण्ड समूहले आह्वान गरेको आमहड्तालका क्रममा बन्द उलंघन गरेको भन्दै एक सर्वसाधारणमाथि कुटपिट भएको छ । आन्दोलनकारीको एक समूहले स्थानीय इगरब्रीज बोर्डिङ स्कुल नजिकै सर्वसाधारणालाइ कुटपिट गरेका हुन् । दैलेखको भैरवी गाउँपालिका –१, जोरासिंह विष्टलाई आन्दालनकारीहरुले कुटपिट गरि घाइते बनाए...

  • वडाध्यक्षको निधन शोकमा गाउँपालिका र मातहतका कार्यालय बन्द

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् । वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज बन्द ...

  • नेकपा केन्द्रीय सदस्य वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले बाटोमा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। हरिपुर नगरपालिका–१ हजारबिगहा बस्ने अन्दाजी ४६ वर्षीय वाग्ले बुधबार राति पौने ९ बजे मुर्तिया वन कार्यालयनजिक जंगलमा मृत भेटि...

  • मोरङमा खेत खन्दा एक सय ८५ राउन्ड गोली फेला

    काठमाडौं । प्रहरीले मोरङ उर्लाबारीबाट एक सय ८५ राउन्ड गोली बरामद गरेको छ। उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारका दलबहादुर लिम्बुको घरभन्दा ५ मिटर दक्षिणमा रहेको खेतबारीबाट गोली बरामद भएको हो। बुधबार दिउँसो ३ बजे खेतबाट कालो रंगको प्लाष्टिकमा पोको पारिएको अवस्थामा गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

  • सामाखुशीमा गुडिरहेको ट्याक्सीमा आगजानी

    काठमाडौँ । सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ–२६ आत्मज्ञानमा हिँडिरहेको सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको हो । आगोले जलेर प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान...

  • बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४...

  • विभिन्न स्थानबाट उपत्यकामा ८० भन्दा प्रचण्ड–माधव पक्षका कार्यकर्ता पक्राउ

    काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीकाअनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरकाअनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसक...