जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवरा...
सुरक्षा
-
-
मोरङको कर्सिया बजारमा आगलागी हुदाँ लाखौंको क्षति
रंगेली । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ। रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली २ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ। कोरोनाको समयमा खाजा पसल र फर्निचर उद्योगसमेत ...
-
लागु औषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ
बागलुङ । लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई जना पक्राउ परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ४ भाङ्गीका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेको टोलीले दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो चरेस, ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित प...
-
अभिनेता अग्रहरिद्धारा अस्पताललाई ३० थान अक्सिजन सहयोग
काठमाडौँ। अभिनेता प्रमोद अग्रहरिले अस्पताललाई अक्सिजन सहयोग गर्नुभएको छ । उहाँले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् । परासी युवा समूहको व्यवस्थापनमा उहाँले उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई दिनुभएको छ ।‘अहिले सर्वसाधारण अप्ठ्यारोमा रहेका छन् । यस्तो बेल...
-
पैदल यात्रीलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक एक महिनापछि पक्राउ
धरान । गएको बैशाख २० गते राती कोशी राजमार्गको धरान ८ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको थियो। ठक्कर लगत्तै मोटरसाइकल चालक फरार भएका थिए। अस्थायी प्रहरी चौकीको अघि नै भएको उक्त दुर्घटना सिसिटिभीमा कैद भएपनि मोटरसाइकल नम्बर प्रष्ट देखिएको थिएन। ठक्कर दिने मोटरसाइकल चालक फरार भएपछि प्रहरीको निक...
-
हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा
दार्चुला । दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्...
-
घाँटीमा लिचीको दाना अड्किएर ६ महिने बालकको मृत्यु
धनगढी । लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बुधबार अपराह...
-
बागमती प्रदेशमा कोरोनाका संक्रमणबाट एकै दिन २० जनाको मृत्यु
हेटौंडा । कोरोना संक्रमणबाट बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय...
-
ट्रकमा एम्बुलेन्स ठोकिँदा एक को मृत्यु ,३ घाइते
मकवानपुर । मकवानपुरको नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपाल...
-
सिन्धुलीमा १०० वर्षीया वृद्धाले जितिन् कोरोना
सिन्धुली । सिन्धुलीमा १०० वर्षकी महिलाले कोरोना जितेकी छन् । बुधबार कोरोना जित्ने महिला कमलामाई नगरपालिका–६ की स्थानीय हुन् । १ सय वर्षकी बयोवृद्धा इन्दिरा कुमारी थापाले आज कोरोना जितेर घर फर्किएकी हुन् । उनी कोभिड अस्पताल सिन्धुलीमा उपचाररत थिइन् । आज डिस्चार्ज भएकी महिलाबारे प्रतिक्रिया दिँदै सिन्धुली अस्पतालका अध...