काठमाडौं । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका ...
सुरक्षा
-
-
दाङमा सर्पको टोकाइबाट २५ वर्षीय युवकको मृत्यु
दाङ । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पले बायाँ खुट्टामा टोकेको थियो । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल...
-
हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर
हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ । जिल्लामा दैनिकरुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर ...
-
सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन
ललितपुर । ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो । ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा बिरामीका लागि छुट्टै कोठा अनि शौचालयको प्रयोग ...
-
यार्सागुम्बा सङ्कलन गर्न गएकी महिलाको मृत्यु
दार्चुला । अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिन...
-
भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ५२ हजारभन्दा धेरै जनामा कोरोना संक्रमणमा
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार नाघेको...
-
बाँकेमा थप ६ संक्रमितको मृत्यु
बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् । राप्तिसोनारी...
-
खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ । सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ जाने कार्य तालिका छ । एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका अनुसरा जहाजबाट ८ लाख डोज खोप ल्याइने छ । राष्ट्रपति वि...
-
औषधी कालोबजारी गरेको आरोपमा मेडिकल स्टोरका सञ्चालक पक्राउ
विराटनगर । औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले विराटनगर-१५ रानीस्थित जनता मेडिकल स्टोर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय रविकुमार रजक छन्। मोरङ प्रहरीको टोलीले रजकलाई आइतबार दिउँसो साढे १ बजे घरैबाट पक्राउ गरेको हो। उनको घरमा फिजिसियन स्याम्पलका औषधीहरू, मुटु सम्बन्धीका औषधीहरू, पेनकिल...
-
हिउँचितुवामा रेडियो कलार जडान
डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्जले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलार ज...