• थप ६९५१ जनामा कोरोना संक्रमण ,९८४१ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १९ हजार ३१३ आरटी पिसिआर र ७९७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । हाल देशभर १ लाख १३ हजार ३ सय ९४ जना...

  • फिनल्यान्डद्वारा स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं । नेपाललाई कोरोना महामारीविरुद्ध लड्न फिनल्यान्डले स्वास्थ्य समाग्री सहयोग गरेको छ । फिनल्यान्ड सरकारले २४ लाख ९८ हजार सर्जिकल माक्स, १ लाख ६४ हजार विनाइल ग्लोभ, २६ हजार थान गाउन, ३ लाख ५० हजार थान के एन मास्क र २ लाख ८८ हजार थान फेसशिल्ड नेपाललाई प्रदान गरेको हो । चार्टड विमानमा आएको उक्त सामाग्री सामग्री ...

  • डोटीमा आगो लगाएर आमा-छोरीको हत्या प्रयास, श्रीमान पक्राउ

    धनगढी । डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ। बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर लक्ष्मी र उनकी ३ वर्षीया छोरी अन्जु घाइते भएका छन्। उनीहरूको दीपायलमा उपचार हु...

  • धनगढी बसपार्कमा एक जना मृतावस्थामा फेला

    धनगढी । धनगढी बसपार्कमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका-४ मा रहेको बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान शव फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगेको छ। मृतकको पहिचान खुल्न सकेको छैन। सेतोपाटीबाट  ...

  • ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२त ९८५८ नम्बरको ट्याक्टरले वितरीत दिशाबाट आउँदै गरेको को३२प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मृत्यु हुनेमा चालक कानेपोखरी गाउँपालिका-२ केरौनका...

  • ब्यारेजबाट सप्तकोसी नदीमा हाम्फालेका व्यक्तिको सकुशल उद्धार

    सुनसरी । सप्तकोसी नदीमा हाम्फालेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ। कोसी गाउँपालिका-८ स्थितमा रहेको कोसी ब्यारेजबाट पुलबाट हाम्फालेका संखुवासभाका ४० वर्षीय एक पुरुषलाई प्रहरीले उद्धार गरेको हो। सुन्दरहरैंचामा बसोबास गरिरहेका ती पुरुष बिहीबार अपराह्न ५ बजे कोसी ब्यारेजको १० नम्बर ढोकाबाट हाम्फालेको जिल्ला...

  • सुनकोशीको बाढीले बगायो निर्माणाधीन पुल

    काठमाडौं । सुनकोशी नदीमा आएको बाढीले पुल बगाएको छ।ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बाढीले बगाएको हो। निर्माणाधीन अवस्थामा रहेको यो पुल २ सय १० मिटर लम्बाइको थियो। पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएको छ। यो पुल करिब २३...

  • हाइफ्लो अक्सिजन पर्याप्त नहुँदा एक सुत्केरी महिलासहित ७ जनाको मृत्यु

    पोखरा । पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनिय...

  • बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन

    विराटनगर । व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहेका न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । न्यौपाने...

  • कोरोना संक्रमित भएपछि गाउँलेद्वारा लखेटिए ७० वर्षीय वृद्ध

    बझाङ । कोरोना पोजेटिभ भएको भन्दै ७० वर्षीय वृद्ध गाउँलेद्वारा लखेटिएका छन् । तल्कोट गाउँपालिका ५ ललितपुर घर भएका ७० वर्षीय प्रेम कामी गाउँलेद्वारा लखेटिएका हुन् । स्वास्थ्यमा समस्या आएपछि जेठ ८ गते जिल्ला अस्पताल बझाङमा पिसिआर जाँच गरेका बिकको रिपोर्ट पोजेटिभ आएपछि उनी २ दिन जिल्ला अस्पतालको आइसोलेसनमा बसेका थिए ।२ ...