• ब्राउन सुगरसहित दुई युवा पक्राउ

    उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेल...

  • बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

    सुनसरी । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका स...

  • कृत्रिमतालमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

    मकवानपुर । मकवानपुरको हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव सोमबार राति फेला परेको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ । उनी दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी...

  • पत्रकार मेहताको ६७ वर्षको उमेरमा निधन

    सप्तरी । सरल र स्वाभिमानी छवि बनाएका सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ । आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता बिहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र ए...

  • वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित

    काठमाडौं । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण...

  • राष्ट्रियसभाका पूर्वसांसद पौडेललाई मष्तिष्काघात

    काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मस्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना भएका छन् । अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिनुभयो । पक्षघातसमेत ...

  • मकवानपुर प्रवेश गर्ने यात्रुमाथि कडाइ

    मकवानपुर । छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर–२ बाट रातोमाटे नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरूको ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मकवानपुर प्रवेश गर्ने दक्षिणी रातोमाटे नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरूको हेटौंडा बस प...

  • काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा

    काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने बैठकमा सहभागी एक जिल्ल...

  • सुर्खेतमा मंगलबारदेखि एक साता निषेधाज्ञा

    सुर्खेत । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बतानुभयो । सुर्खेतमा मात्रै ३ सयभन्दा ...

  • खैरेको हत्यारालाई कारबाही माग

    धुलिखेल । खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए । रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना ...