• अब घरमै पिसिआर परीक्षण

    काठमाडौँ । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो। जनस्वास्थ्य प्रयोगशालाले ...

  • ९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना

    काठमाडौं । कोरोना संक्रमण भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छिन् । उनी उमेरले ९१ वर्ष पुगेकी छिन् । दुई साता अघि उनलाई कोरोना संक्रमण देखिएपछि उनी महानगरले चलाएको कोभिड अस्पतलामा उपचार गराएका थिइन् । उनको बुधबार स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएकी ...

  • कोरोना संक्रमणबाट एमालेका नेता यादव निधन

    जनकपुर । नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ । एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित हुनुहथ्यो । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो । मृगौला प्रत्यारोपणका लागि उपचाररत रहनुभइका नेता य...

  • डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो । काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिक...

  • थप २ सय ४६ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । यो नेपालमा २४ घण्टामा कोरोनाका कारण भएको सबभन्दा धेरै मृत्यु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्‍न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो...

  • गण्डकी प्रदेशमा थप ३० संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशमा एकै दिन ३० जनाको मृत्यु भएको यो पहिलो घटना हो । दोस्रो भेरियन्टको कोरोना संक्रमण फैलिएको भन्दै स्थानिय प्रशासनले बैशाख २१ गते देखि निषेधाज्ञा जारी गरे पनि गण्डकी प्रदेशमा संक्रमित र मृतकको संख्या तीव्ररूपमा वृद्धी भएको छ । बुध...

  • थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि , ७९८९संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ८० हजार ५ सय ५७ पुगेको छ । मन्त्रालयका अनुसार ८ हजार ६४ आरटी पिसिआर र १ सय ९ एन्टिजेन विधिबाट गरी कुल ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २ सय ४६ जनाले ...

  • ब्राजिलमा कोरोनाबाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

    एजेन्सी । ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या...

  • म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि,निको भए २९

    बेनी । म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धवलागिरी गाँउपालिकामा ९ जना र पर्वतको जलजला गाउँपालिकामा २ जना गरी ३६ जना (पिसिआर विधिबाट) र बेनी नगरपालिकामा १ जन...

  • कोरोना संक्रमणबाट डाक्टर पूज्यश्री कार्कीको निधन

    काठमाडौँ । प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ। कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो। नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्। सेतोपाटीबाट...