• मर्स्याङ्दीको बाढीले गाउँपालिका, प्रहरी कार्यालयसहित बैंक र होटल बगायो

    पोखरा । मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, प्राइम बैंक र प्रभु बैंकको कार्यालय र केही होटल बगाएको छ। बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताउनुभयो। उहाँका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी हराएका छन्। ...

  • बाढी पहिरोबाट बागलुङमा १३ घर विस्थापित

    बागलुङ । बर्षासँगै आएको पहिरोका कारण बागलुङमा बुधवार बिहान सम्म १३ परिवार विस्थापित भएका छन् । शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिक, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर परिवार बिस्थापित भएका हुन् । जैमिनी नगरपालिका– ७ जैदीका ८ परिवारले पहिरोको जोखिम भएपछि घर छोडेको प्र...

  • मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३७ कर्मचारीसहित ४२ जनाको उद्धार

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन् । मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्दावती गाउँपालिका–७ मा एकजना मृतकको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले बताउनुभयो । मृतकको पहिचान खुल्न बाँकी रहेको उ...

  • विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु

    सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिनुभ...

  • सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले बताउनुभयो । बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाय...

  • सुनकोसीमा पुरुषको शव फेला

    सिन्धुली । सिन्धुलीस्थित सुनकोसी नदीको बगरमा एक जनाको शव फेला परेको छ। सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोटको टापुमा अन्जादी २५र३० वर्षीय पुरुषको शव सुनकोसी नदीको बगरमा फेला परेको स्थानिय बिनोद श्रेष्ठले जनाउनुभयो। सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएर सिन्धुलीस्थित सुनकोसीको बगरमा ल्याएको हुनसक्ने स्थानियले...

  • सात र चार वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

    काठमाडौं । मोरङमा सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रतुवामाई नगरपालिका-६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा-२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधार...

  • बुढीगण्डकी नदीको बाढीले ४ घर बगायो, २७ घर जोखिममा

    गोरखा । बुढीगण्डकी नदीको बाढीले चुमनुब्री गाउँपालिका ३ सल्लेरीका चारवटा घर बगाएको छ । बाढीले गएराती ती घर बगाएको हो । गाउँमा नदी पसेपछि २७ घरधुरी जोखिममा छन् । लक्ष्मण गुरुङ, थर्पनी गुरुङ, सुर्यबहादुर गुरुङ, सुन्दर गुरुङको घर बगाएको डिएसपी प्रकाश दाहालले बताउनुभयो । बाढीले बस्ती कटान गर्न थालेपछि वरपरका स्थानीय राती...

  • जीप दुर्घटना हुँदा एकको मृत्यु ,६ जना घाइते

    स्याङ्जा । आज बिहान स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ४९४० नंको जीप बिहान १०ः १५ बजे भीरकोट–४ दभुङठाँटीमा दुर्घटना हुँदा जीपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्...

  • ६५ किलो गाँजासहित एक जना पक्राउ

    वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको हो । सर्च एण्ड रेड कारबाहीको क्रममा मंगलबार साँझ ५ बजे वीरगञ्ज-१८ भवानीपुर सडक छेउबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्...