म्याग्दी। अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको हीरक महोत्सवको अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथुन दौड हुन लागेको हो । जे...
स्थानीय
-
-
निर्माणाधीन जलविद्युत आयोजनाको सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– ३, मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको पाइपलाइनका लागि कुनौटो देखि – शोलबाङ मोटरबाटो खन्ने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा भीरमाथीबाट अचानक खसेको सुख्खा पहिरोमा पुरिएर रोजन...
-
त्रिदिवसीय कार्यक्रम गरी म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाइने
म्याग्दी । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाइने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि दिवस मनाउने निर्णय गरे...
-
म्याग्दी जेसीज र पत्रकारबीच मैत्रिपूर्ण फुटसल
बेनी ।युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु सहभागी टिम र नेपाल पत्रकार महासंघ म्याग्दीमा आब...
-
थकाली सेवा समिति बेनी क्षेत्रको अध्यक्षमा शेरचन
बेनी ।थकाली सेवा समिति बेनी क्षेत्रको १७ औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सुन्दरमान शेरचनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा योगेन्द्रमान शेरचन, शान्ति भट्टचन, सचिवमा दिलिप गौचन, कोषाध्यक्षमा लिलप्रसाद गौचन र सहकोषाध्यक्षमा सुष्मा भट्टचन चयन हुनुभएको छ । सदस्यहरुमा तेजिन्द्र श...
-
रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास(भिडिओ)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । २७ जना जग्गादाताहरूले निःशुल्क रूपमा उपलब्ध गराउनुभएकाे जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै श...
-
रघुगंगामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु
मौवाफाँट। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुई दिने आँखा मोतियाविदुको नि: शुल्क शल्यक्रिया शिविर सुरु भएको छ । गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा मौवाफाँटमा सुरु भएको उक्त शिविरको विहिबार उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घा...
-
गलेश्वर बजारमा अनुगमन, म्याद सकिएका सामान नष्ट
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा बिहीबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा गलेश्वर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरी म्याद सकिएका सामान जफत गर्नुका साथै नष्ट गरिएको हो । अनुगमन टोलीले गलेश्वरको शुद्ध शाकाहारी भोजनालय, लक्ष्मी प...
-
बृहत चिमखोला- राखु पिप्ले -भगवती खानेपानी आयोजनाले पूर्णता पाउँछ : राज्यमन्त्री गर्बुजा
म्याग्दी । उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा(खम्बीर) ले बृहत चिमखोला- राखु- पिप्ले- भगवती खानेपानी आयोजनालाई पूर्णता दिन सरकारले प्राथमिकता दिने बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा विहिवार आयोजित निःशुल्क आँखा उपचार शिविरको उद्घाटन गर्दै राज्यमन्त्री गर्बुजाले राखु पिप्ले, भगवती क्षेत्र...
-
बेनी–कालिगण्डकी जलविद्युत आयोजना यथास्थितिमा अघि नबढाउन अनुरोध
बेनी । कालीगण्डकी नदीमा प्रस्तावित बेनी कालिगण्डकी जलविद्युत आयोजनालाई यथास्थितीमा अघि नबढाउन सरकारलाई अनुरोध गर्ने सर्वदलीय तथा सर्वपक्षीय भेलाले निर्णय गरेको छ । बेनी नगरपालिकाले म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठूलो पहिरोमा बाँध राख्ने गरी ५०.५ मेगावाट क्षमताको विद्युत आयोजनाको प्रक्रिया रोक्न राजनीतिक दल, जनप्रति...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 305
- Next Page »

























