काठमडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गर्नुभयो । ‘गठबन्धन भएमा एमालेले १...
समाज
-
-
पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको हो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो ५० औं खेल हो । नेपालले यस खेल जितेमा राउन्ड रोबिन लिगको एक खेल अगावै फ...
-
फोहोरमा नवजात शिशुको शव फेला
काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो । रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । अनलाइनखबरबाट...
-
धवलागिरि –७ मा माओवादीबाट खत्री वडा अध्यक्षका उम्मेदवार
म्याग्दी । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा वडा तहबाट उम्मेदवार छनौटलाई तिब्र पारेको छ । धवलागिरि गाउँपालिका ७ को वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा अध्यक्षमा अशोक खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको वडा कमिटी अध्यक्ष समेत रहनुभएका खत्रीलाई अध्यक्ष पदको उम्मेदवार चयन गरिएपनि अन्...
-
१० वर्षभित्र नेपाललाई एसियाको सम्पन्न देश बनाउने लक्ष्यमा छौं : सञ्चारमन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ । बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि ...
-
तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही...
-
काठमाडौँ–दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताउनुभएको छ । काठमाडौँमा हिजो भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउनुभएको छ । उहाँले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको...
-
मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य
काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत अहिले भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४...
-
स्थानीय तह निर्वाचन : मोरङमा ४ हजार ६ सय कर्मचारी खटाइने
विराटनगर । स्थानीय तह निर्वाचनका लागि मोरङमा करिब ४ हजार ६ सय कर्मचारी खटाइने भएको छ । मोरङका ८ सय २० वटा मतदान केन्द्रका लागि करिब ४ हजार ६ सय कर्मचारी खटाउने तयारी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङका निर्वाचन केन्द्रहरूमा खटाउने कर्मचारीको व्यवस्था गर्नका लाग...
-
भरतपुरको मेयरमा हाम्रो दाबी कायमै : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताउनुभएको छ । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदैछ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग ज...


























