• आगलागीमा सात वर्षीय बालकको मृत्यु

    खोटाङ । आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको छ। भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको मृत्यु भएको हो। मंगलबार साथीहरुसँग खेल्न गएको अवस्थामा आगो खेलाउनेक्रममा खर र परालको माझमा आगो लाग्दा बालकको मृत्यु भएको जानकारी आएको रावाबेँसी गाउँ...

  • केन्द्र विवादमा मादी गाउँपालिका कार्यालयमा तालाबन्दी

    कास्की । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी-३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलिपल्ट मङ्गलबार असन्तुष्ट...

  • नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी

    पर्वत । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका–५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु १० लाख र मोदी गाउँपालिकाको रु २ लाख गरी रु १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो । स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुङ्गावासीका लागि ...

  • फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि उन...

  • भिजेर काम नलाग्ने भयो २८ करोडको मल

      काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भ...

  • संसदीय सुनुवाइविना संवैधानिक निकायमा ‘जबर्जस्ती’ नियुक्तिको तयारी

    काठमाडौँ । सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको नियुक्तिको तयारी थालेको छ ।संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ...

  • भूकम्प अपडेट : ५.३ रेक्टरस्केल मापन, केन्द्रबिन्दु मनाङ

    बेनी । मनाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। मंगलबार राति ९ : ५९ मिनेटमा मनाङको नार केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहयाक राजेश शर्माले म्याग्दी न्युज डट् कमलाई जानकारी दिनुभयो ।  म्याग्दी सहित छिमेकी जिल्ला बागलुङ ,पर्वत ,कास्की सहित आसपासका ...

  • म्याग्दीमा भुकम्पको धक्का

    बेनी । म्याग्दीमा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ : ५९ मिनेटमा मनाङको नार केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहयाक राजेश शर्माले म्याग्दी न्युज डट् कमलाई जानकारी दिनुभयो ।  म्याग्दी सहित छिमेकी जिल्ला बागलुङ ,पर्वत ,कास्की सहित आसपास...

  • थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार २ सय ८९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ ...

  • नमस्ते र सिवाईसी सहकारी बिच एकिकरण

    म्याग्दी । म्याग्दीको बेनी स्थित क्याम्पसचोकमा रहको नमस्ते बहुद्धेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा आउने बेनी सदस्य केन्द्रका संयोजक तुलसीनाथ सुवेदीले जानकारी दिन...