चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको हो । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताउनुभयो । उहाँ...
समाचार
-
-
समयमै काम सक्न निर्माण व्यवसायीलाई अर्थमन्त्री शर्माको आग्रह
काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा केही प्राविधिक त्रुटिहरू देखिएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बुधबारको भेटमा मन्त्री शर्माले एघारौँ संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू संशोधन गर्ने आश्वासन पनि दिनुभएको हो । निर्माण व्यवसायीहरूसँग...
-
एमाले केन्द्रीय सदस्य ठाकुर जसपामा प्रवेश
सप्तरी । संविधान सभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । उहाँलाई बुधबार जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराउनुभएको हो । उहाँसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाल...
-
थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...
-
संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु अदालतको मानहानी : शाक्य
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु भनेको अदालतकै मानहानी भएको बताउनुभएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध रिटको पूर्ण इजलासमा भइरहेको सुनुवाइ बोल्दै शाक्यले रिक्युजलविरुद्ध आदेश दिनु गलत भएको बताउनुभएको हो । उहाँले भन्नु...
-
गणेश रेग्मी प्रवृत्ति अब नदोहोरियोस् : अधिवक्ता भट्टराई
काठमाडौँ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र संवैधानिक परिषद्सम्बन्धी मुद्दा संवैधानिक इजलासमा नपठाएर एकल इजलासमा पठाउने निर्णय नै गलत र त्रुटिपूर्ण रहेको बताउनुभएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्ध रिटको पूर्ण इजलासमा भइरहेको सुनुवाइमा बोल्दै भट्टराईले भविष्यमा गणेश रेग्मी प्र...
-
कास्की अदालतको इजलास कक्षमा तोडफोड
पोखरा । पोखरा जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा मंगलबार राति तोडफोड भएको छ । अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ । एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए । एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ न...
-
मधेसमा एमालेप्रति क्रेज देखियो, अब देशको राजनीतिक शक्ति सन्तुलन बदल्छ
काठमाडौँ । तराई मधेसमा पार्टी प्रति ‘क्रेज’ बढेको भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भावी दिनमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने दाबी गर्नुभएको छ । बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख गर्नुभएको हो । ‘विगतमा निर्वाचन र सो भ...
-
कोरोनाले हिमाली देशहरूमा ठूलो आर्थिक मार परेको छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीले हिमाली देशहरूमा सबैभन्दा ठूलो आर्थिक मार पारेको बताउनुभएको छ । उहाँले हिमाली देशको अर्थतन्त्र पुनःप्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो । बुधबार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्ष...
-
एमालेको संगठित सदस्य आठ लाख ५५ हजार पुग्यो : ओली
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संगठित सदस्यको संख्या तीन गुना बढेको दाबी गर्नुभएको छ । कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गर्नुभएको हो । ‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको त...