कपिलवस्तु । कपिलवस्तुमा सोमवार अमर्यादित ढंगले होली खेलेको आरोपमा प्रहरीले ११ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती रंग दल्ने, अमर्यादित रुपमा होली खेल्नेहरू रहेका छन् । यस्तै सवारी नियम उलंघन गर्ने २ सय ११ वटा मोटरसाइकल र १० वटा अटो रिक्सा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको ...
सुरक्षा
-
-
सुँगुर मार्ने झिरले रोपेर एक जनाको हत्या
सुनसरी । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा...
-
सात केजी गाँजासहित एक युवक पक्राउ
उदयपुर । जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् । सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्त...
-
रौतहटमा ग्यास लिक भएर आगलागी
रौतहट । रौतहटको कटहरियामा ग्यास लिक भएर आगलागी हुँदा एकघर जलेर नस्ट भएको छ । कटहरिया २ बडका बडेरवा स्थित राज किशोर साह सोनारको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा चुल्हाई साह, अमरलाल साह लगायत ४ जना सामान्य ...
-
घाइते सहचालकलाई नदीमा फालेको आरोपमा चालक पक्राउ
काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेको आरोपमा चालक पक्राउ परेका छन् । बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् । श्रीमती र छोरीसहि...
-
नेपाली सेनालाई भारतीय सेनाले दियो एक लाख डोज कोरोना खोप
काठमाडौं । नेपाली सेनलाई भारतको सेनाले कोरोनाभाइरस विरूद्धको एक लाख डोज भ्याक्सिन दिएको छ। भारतीय सेनाले दिएको खोप आइतबार नेपाल आईसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाले कोभिड—१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको उल्ले...
-
नेपालमा थप १४१ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ । स्वास्थ्य तथा जनसंख...
-
बर्दियामा बाघको आक्रमणबाट एक पुरूष घाइते
काठमाडौं । बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ।सोमबार बाघको आक्रमणबाट एक पुरूष घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गेरूवा गाउँपालिका-१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारूमाथि आक्रमण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनाउनुभएको छ।उनी आफ्नो घरबाट तीन सय मिटर पूर्व-द...
-
हलेसी मन्दिरमा सिसी क्यामेरा जडान
खोटाङ । दर्शनार्थी तथा भक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिसर तथा हलेसी बजार आसपासका १३ स्थानमा सिसी क्यामे...
-
स्याङ्जामा बस दुर्घटना हुँदा ८ जना घाइते
वालिङ । स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस बिहान करिब ८ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । ग १ ख ९५९४ नम्ब...