राष्ट्रीय समाचार

नेपाल टेलिकमको नयाँ टावरबाट टुजी र थ्रिजी सञ्चालन भ्वाईस तथा डाटाको समस्या हट्यो

थम्मन थापा
गलकोट, शुक्रबार भदौ २० गते ।

नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्मडॉडामा निर्माण भएको नयॉ मोवाईल टावरमा सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा वि।सं २०७१ साल असोजमा टेलिकमले ८ मिटरको रुफ टावर मार्फत टुजी र २०७३ साल चैत देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो । टावरको उचाई कम र टावर वरिपरी हरिया अग्ला रुखहरुका कारण टावर देखि मुनीका बस्तीहरु र खोचमा भ्वाईस तथा डाटा सर्भिसको पहुॅचमा समस्या भएको थियो ।

टेलिकमलाई गलकोट नगरपालिका वडा नं ७ को कार्यालयले यसको समाधान गर्न अनुरोध गरेपछि गत चैतमा टेलिकमले २५ मिटर अग्लो नयॉ टावर निर्माण गरेको थियो । नयॉ टावरबाट आज देखि सेवा सञ्चालनमा आएपछि टुजी र थ्रिजीको भ्वाईस तथा डाटा सर्भिसमा सुधार आएको नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।

टावर सञ्चालनमा आएपछि गलकोट नगरपालिका वडा नं ७ र वडा नं ९ मल्म, वडा नं ३ हटिया, वडा नं ८ कॉडेबास, वडा नं ५ को केहि भु(भाग सहित गुल्मीको मुसीकोट नगरपालिका वडा ९ अर्लाङकोट सॅगै मध्य पहाडी लोकमार्गमा नमस्ते मोवाईल प्रयोगकर्ता लाभान्वित हुने वरिष्ठ ईन्जिनियर शर्माले बताए । टावर सञ्चालन गर्न नेपाल टेलिकम पोखराका ईन्जिनियर शंकर थापाको प्राविधिक टोलीले कार्य सम्पादन गरेको थियो ।

पहिले समस्या भएका अधिकांश स्थानमा अब नेटवर्क सिग्नल सॅगै भ्वाईस र उच्च गतिको मोवाईल ईन्टरनेट डाटामा समस्या नहुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आफना ग्राहकलाई लक्षित गर्दै धौलागिरी क्षेत्रमा नमस्ते मोवाईल सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउॅदै आएको छ । टेलिकमले बागलुङ सदरमुकाम सॅगै जिल्लाका विभिन्न स्थान र गलकोट क्षेत्रमा छिट्टै चौथो पुस्ताको मोवाईल फोर जी सेवा सञ्चालन गर्न आवश्यक गृहकार्य गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार

thumbnail

नेपालमा थप १४४ जनामा कोरोना संक्रमण

काठमाण्डौं । देशका विभिन्न जिल्लामा १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ १ सय ४४ जनासहित देशभर संक्रमितको संख्या १६…

thumbnail

पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्दार र राहत निरन्तर

अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।पश्चिम म्याग्दीका पहिरो प्रभाबित क्षेत्रमा हेलिकप्टर मार्फत औषधी र आबश्यक स्वास्थ्य सामाग्री पु¥याइएको छ । आइतबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य आपुर्ती ब्यवस्था केन्द्र पोखराले उपलब्ध गराएको…

thumbnail

बाढी पहिरो पीडितका लागी म्याग्देली युवा आवाजद्वारा दुई लाख रुपैयाँ सहयोग

बेनी ,आइतबार असार २७ गते ।स्वदेश तथा बिदेशमा रहेका स्वतन्त्र म्यादीका युवाहरूको सामाजिक संजालको समुह म्यादेली युवा आवाजले म्याग्दीका बाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका…

Write a Reply or Comment