भुमेपुजा मेलाको आयव्यय सार्वजनिक

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा भुमे पुजाको अवसरमा एकता युवा क्लबद्वारा संचालित भुमेपुजा मेलाको आयव्यय सार्वजनिक भएको छ । क्लबका पुर्व क्लब सचिव कृष्ण गर्बुजाका अनुसार ,शुक्रबार सार्जजनिक भएको आयव्यय अन्तर्गत आयतर्फ बीस लाख २४ हजार ७७७ रुपैयाँ र व्ययतर्फ १३ लाख ४९ हजार ७७७ रुपैयाँ रहेको छ ।

यो पनि…

दग्नामको भुमे पुजा मेला सम्पन्न

यहि ६जेठ देखि संचालित मेलामा ६ लाख ७५ हजार कुल नाफा मध्ये ६५ हजार रुपैयाँ रकम उठ्न बाँकी रहेको आयोजकले जनाएको छ । आयतर्फ प्रायोजन रकम ,दर्ता शुल्क ,व्यवसायी शुल्क समावेश गरिएको छ भने व्यवतर्फ पुरस्कार वितरण ,खेलकुद सामग्री खरिद ,कलाकार लगायतका खर्च समावेश गरिएको छ ।

मेलामा तीन दिन स्थानीय भुमेपुजा/लिङ्गो जुधाई पुर्ख्यौली सोरठी नाच लगायत कार्यक्रम संचालन गरिएको थियो भने अन्य दिन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो । सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद सहित आभार व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार