अन्तराष्ट्रिय समाचार समाज

मोना साउदीको अध्यक्षमा पोडेल

म्याग्दी, शनिबार भदौ २१ गते ।
म्याग्दी प्रवासी नेपाली संघ ( मेाना) साउदी अरेबियाको नयाँ कार्यसमिति गठन भएको छ । विहिबार सम्पन्न अनलाइन मार्फत प्रथम अधिवेशनबाट विपिन पोडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करण पुन ,उपाध्यक्षमा दिपक खत्री , महासचिवमा तिलक पुन मगर , सचिवमा तेक रसाईली सहसचिवमा लक्की छन्त्याल बरिष्ठ कोषाध्यक्षमा पवि शर्मा ,कोषाध्यक्षमा रामु रत्न ,सहकोषाध्यक्षमा ओमकार रसाइली बष्ठि सल्लाहकारमा उद्धिम केसी ,सल्लाहकारमा पौडेल तथा सदस्यहरुमा बुद्धि बर्दिवा, राम प्रसाद छिनाल,भिम राज रसाइली,सन्जोल लामिछाने ,राजकुमार थापा,कृष्ण छिनाल,प्रकाश खत्री ,जयराज श्रीपाली,खिम बहादुर रसाइली ,सागर कुमाइ ,बिरेन्द्र रसाइली र थर्कमान रसाइली चयन हुनुभएको नवनिर्वाचित महासचिव पुन मगरले जानकारी दिनुभयो ।

मोना आईइसीका अध्यक्ष चक्रबहादुर थापाको उपस्थितीमा अनलाइन मार्फत मोना साउदीको नयाँ कार्यसमिति गठन गर्न सफल भएको उहाँले बताउनुभयो । नयाँ कार्यसमितिका अध्यक्ष पोडेलले साउदीमा कार्यरत म्याग्दीहरुको हकहित र अधिकारका लागि काम गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

बाढी पहिरो पिडितका लागि मोना कतारद्वारा सहयोग संकलन सुरु

अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका – ६ मराङ, मालिका गाउँपालीका– ७ बिम र जिल्लाका अन्य भेगहरुमा बिहिबार राती गएको पहिरोबाट प्रभाबित बनेकाहरुलाइ राहतका लागि म्याग्दी प्रबासी नेपाली संघ…

thumbnail

मोना साइप्रसको अध्यक्षमा रोका मगर

म्याग्दी ,बुधबार असार २४ गते ।साइप्रसमा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) गठन गरिएको छ । लोकराज रोका मगर अध्यक्षतामा मोना साइप्रस गठन गरिएको हो । मोना…

thumbnail

विश्व स्वास्थ्य संगठनको आग्रह : महामारीलाई बेवास्ता नगर्नु

जेनेभा ,आइतबार असार २१ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ । संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले…

Write a Reply or Comment