राष्ट्रीय समाचार समाज

घर मालिक दलित भएको थाहा पाएपछि मण्डपबाटै भागे पूजारी, नेताले नै लुकाए घटना

कपिलवस्तु , मंगलबार मंसिर ३ गते । शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् । चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजा लगायत कर्मका लागि निम्त्याइएका पूजारीहरु भीमप्रसाद आचार्य र गोविन्द भट्टराई उक्त घरका घरमालिक दलित भएको थाहा पाएपछि पूजा स्थलबाट ‘एकै छिनमा आउने’ बाहाना बनाएर भागेका हुन् ।

पूजाका लागि घर मालिक मिलन विश्वकर्माले घर चिटिक्क पारेका थिए । आगनमा फूलमाला र पताकाले सिंगारिएको पूजा मण्डप बनाइएको थियो । पूजाका लागि आफन्तजन, ईष्टमित्र बिहानैबाट जुट्दै थिए । तर करिब १० बजे पूजा सुरु गर्न लागेपछि मिलन दलित भएको थाहा पाएपछि पूजारीहरु भागेको स्थानीयले बताएका छन् ।

पूजा गर्न आएका पूजारी मण्डपबाट भागेपछि पूजाको कार्यक्रम एक घण्टा रोकिएको थियो । पूर्व निर्धारित निमन्त्रणा गरिएका पूजारीहरुल भीमप्रसाद र गोविन्द भागेपछि अर्को पूजारी बोलाइ पूजा कार्य अघि बढाइएको थियो ।

दलित भएकै कारण आफूहरुमाथि पूजारीबाट भएको यो हर्कतले निकै दुखी भएको मिलनले प्रतिक्रिया दिए । ‘जातीय छुवाछुतको आधारमा ममाथि भएको यस्तो घटना विरुद्धमा म कानुनी उपचारका लागि अघि बढ्छु,’ उनले भने ।

नेताले नै गुपचुप राखे

घटना शनिबारको भए पनि गोप्य राखिएको यो घटना मंगलबार मात्रै बाहिरिएको हो । चन्द्रौटाका राजनीतिक दलका स्थानीय नेताहरु र अगुवाले घटनालाई साम्य पार्न घटना गुपचुप नै राखेका थिए ।

पूजारीबाट माफी मगाएर घटनालाई मिलाउन स्थानीय अगुवाहरु लागिपरेका छन् । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रौटा र जिल्ला प्रहरी कार्यालय तौलिहवाले भने कुनै उजुरी नआएको जनाएका छन् । अन्नपुर्ण पोष्ट्

सम्बन्धित समाचार

thumbnail

नेपालमा थप १४४ जनामा कोरोना संक्रमण

काठमाण्डौं । देशका विभिन्न जिल्लामा १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ १ सय ४४ जनासहित देशभर संक्रमितको संख्या १६…

thumbnail

पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्दार र राहत निरन्तर

अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।पश्चिम म्याग्दीका पहिरो प्रभाबित क्षेत्रमा हेलिकप्टर मार्फत औषधी र आबश्यक स्वास्थ्य सामाग्री पु¥याइएको छ । आइतबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य आपुर्ती ब्यवस्था केन्द्र पोखराले उपलब्ध गराएको…

thumbnail

बाढी पहिरो पीडितका लागी म्याग्देली युवा आवाजद्वारा दुई लाख रुपैयाँ सहयोग

बेनी ,आइतबार असार २७ गते ।स्वदेश तथा बिदेशमा रहेका स्वतन्त्र म्यादीका युवाहरूको सामाजिक संजालको समुह म्यादेली युवा आवाजले म्याग्दीका बाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका…

Write a Reply or Comment