बेनी शुक्रबार पौष २७ गते । म्याग्दीको दुर्गम गाउँ मालिका गाउँपालिका –२ रुम, खवाङमा एक घर एक धारा खानेपानी आयोजना निर्माण भएको छ । मालिका गाउँपालिका अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गे पुन मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु छत्तिस लाख ७० हजार २८ लागतमा निर्माण भएको आयोजनाबाट ५५ घरधुरी लाभान्वित भएका छन् भन सामुदायिक विधालयमा एक सार्वजनिक धारा निर्माण गरिएको छ । फिनल्याड सरकार र गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।
मिटर जडित निजी धारा निर्माण गरेर घरघरमा खानेपानी वितरण गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष खरमाया विटालुले खानेपानी आयोजना निर्माण नहुँदा यस अघि सार्वजनिक धारा, पँधेरा र मुहानको पानी उपभोग गर्दै आएका खवाङबासीलाई आयोजना निर्माण संगै सुबिधा र समयको बचत हुनेमा विस्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्ष नरबहादुर पुन, परियोजनाका खानेपानी तथा सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट ,उपभोक्ता समितिका अध्यक्ष पुन मगर लगायतको उपस्थितीमा आयोजनाको उद्घाटन गरिएको हो ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…