जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ
आइतवार, माघ १३ गते
। म्याग्दी न्युज संवाददाता
सन्तोष गौतम मुना आईतबार माघ १३ गते ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ ।
म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्न जोड दिएको बताउनुभयो ।
‘पर्यटन, जलविद्युत, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी बृद्धी गराउनु गण्डकी प्रदेशको लक्ष्य हो’ मुख्यमन्त्री गुरुङले भन्नुभयो ‘खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत सेवामा आम नागरिकको पहुँच वृद्धीमा जोड दिएका छौ ।’
मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) र ढोरपाटन शिकार आरक्षको बिचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो ।
सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्य चौकीको भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।
उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले स्थानीय तहसँग सहकार्य गरेर वन पैदावारको संरक्षण र उपयोगसँगै आयआर्जन वृद्धी, पर्यटन विकासमा जोड दिएको बताउनुभयो । धवलागिरी गाउँपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, पदमार्गको विस्तार र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संसारको सातौ अग्लो धवलागिरी, गुर्जा लगायत हिमाल, ढोरपाटन शिकार आरक्ष अवस्थित धवलागिरी गाउँपालिकाको सडक, विद्युत, भवन, शिक्षा, सञ्चार लगायत पूर्वाधारका क्षेत्रमा सघाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रजिअ लीलाधर अधिकारीले भौगोलिक हिसाबले विकट र दुर्गम भएपनि धवलागिरी गाउँपालिका पर्यटन, जलविद्युत, जडिवुटीका हिसाबले प्रशस्त सम्भावना बोकेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनका लागि म्याग्दीमा एक वार्ड एक हेलिप्याड निर्माण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको परिचालन गरि विकास र सम्बृद्धीमा रुपान्तरण गराउन आवश्यक ऐन कानुन छिटो बनाउन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दुर्गम भएकाले कर्मचारी आउनै नमान्ने र आएपनि सरुवा भएर जाने समस्या धवलागिरी गाउँपालिकाको विकास र सार्वजनिक सेवा प्रवाहमा देखिएको चुनौती भएको बताउनुभयो ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
कास्की । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि.सी. मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले…
चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर…
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…