प्रतिपक्ष कमजोर भएको कांग्रेसका युवा नेताको निष्कर्ष, सडक आन्दोलनमा जोड प्रवक्ता शर्मा भन्छन्– छिट्टै अवधारणा ल्याउँछौं
सोमवार, माघ ७ गते
। म्याग्दी न्युज संवाददाता
काठमाण्डौं सोमबार माघ ७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीलाई सडक आन्दोलनका लागि दबाब दिने तयारी गरेका छन् । सरकारको स्वेच्छाचारिताको विरोधमा सडक आन्दोलनमा उतार्न युवा नेताहरुले पार्टीलाई दबाब दिने तयारी गरेका हुन् ।
उनीहरुले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारविरुद्ध सडक आन्दोलनका लागि नेतृत्वलाई दबाब दिने तयारी गरिएको बताएका छन् । सरकारका स्वेच्छाचारी कदम विरुद्ध सडक संघर्ष नगर्दासम्म कांग्रेसको प्रतिपक्षी भूमिका प्रभावकारी हुनै नसक्ने उनीहरुको निष्कर्ष छ ।
कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीलाई आन्दोलनका लागि सडकमा ल्याउने विषयमा आगामी केन्द्रीय कार्यसमिति बैठकमा कुरा राखिने जानकारी दिए । ‘‘अब पार्टीलाई आन्दोलनका लागि सडकमा ल्याउँँछौं । जबसम्म कांग्रेसलाई सरकारका लोकतन्त्रविरोधी कदमका विरुद्ध उठाएर आन्दोलनका निम्ति ल्याउन सक्दैनौं, तबसम्म प्रतिपक्षीय भूमिका प्रभावकारी देखिँदैन,’’ उनले बाह्रखरीसँग भने ।
संसदमा कांग्रेसले प्रतिपक्षको धर्म निर्वाह गर्दागर्दै पनि सरकार एकलौटी ढंगबाट विपक्षीलाई पेलेर अगाडि बढ्ने सोचबाट ग्रसित भएकाले कांग्रेसका सामु सडक संघर्षको विकल्प नभएको युवा नेताहरुको भनाइ छ । ‘‘सरकारलाई जुन दुई तिहाइको दम्भ छ, त्यो दम्भविरुद्ध सडक संघर्ष र सदन संघर्ष दुवै अपनाउनुपर्छ,’’ अर्का युवा नेता धनराज गुरुङले बाह्रखरीसँग भने, ‘‘हामीसँग आन्दोलनको विकल्प देखिँदैन । यस विषयमा आगामी केन्द्रीय समितिको बैठकमा गम्भीर छलफल गर्छौं ।’’
सरकारले उठाइरहेका स्वेच्छाचारी कदमलाई प्रतिपक्षीले टुलुटुलु हेरेर बस्नु मुलुकका लागि दुर्भाग्य हुने दाबी गर्दै उनले सरकारका कमीकमजोरी र गैर–जिम्मेवारी कदमलाई कांंग्रेसले गम्भीर भएर सजग हुुनपर्ने बेला आएको बताए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि पार्टीको घरायसी जीवनलाई व्यवस्थित गर्ने क्रममा प्रतिपक्षी भूमिका केही कमजोर जस्तो देखिएको भन्दै आन्दोलनका बारेमा पार्टीले छिट्टै अवधारणा बनाउने बताएका छन् । आगामी केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेसले सरकारका विषयमा अवधारणा बनाएर कडाइका साथ प्रस्तुत हुने उनको भनाइ छ । ‘‘माघ १० गतेको केन्द्रीय कार्यसमितिको बैठकपछिड कांग्रेस संसदमा कडाइका साथ प्रस्तुत हुन्छ । त्यसका लागि आवश्यक छलफल र अवधारणा निर्माण हुन्छन्,’’ प्रवक्ता शर्माले भने ।
कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरु पनि पछिल्लो समयमा सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनीहरु विभिन्न जिल्लामा भइरहेका प्रशिक्षण, भेटघाट लगायतका कार्यक्रमहरुमा सरकार विरुद्धको आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिँदै आएका छन् । बाह्खरी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
काठमाडौँ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले जन्मका र लिङ्गका आधारमा विभेद रहेसम्म समाजवाद सम्भव नहुने बताउनुभएको छ । सोमबार ‘नेपालमा समाजवाद स् चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा उनले जन्म र लिङ्गका…
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग गठबन्धनको यात्रा गरेर समाजवादको संकल्प गर्न नमिल्ने बताउनुभएको छ । नरबहादुर कर्मचार्य फाउण्डेसनले सोमबार ‘नेपालमा समाजवाद :चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रम राखेको…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…