बेनी बिहिबार पौष २६ गते । मंगला गाउँपालिकाको बुधबारदेखि बाबियाचौरमा सुरु भएको चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ ।
गत असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चालू शिर्षकमा बिनियोजन भएपछि कार्यान्वयनमा जटिलटा उत्पन्न भएको थियो ।
वित्तिय समानिकरणतर्फ कूल १४ करोड ४८ लाख ४५ हजार रुपैयाँ बजेटलाई संसोधन गरेर चालु तर्फ चार करोड ९८ लाख १५ हजार ४५२ र पुजीगततर्फ नौ करोड ९० लाख ३३ हजार रुपैयाँ बिनियोजन गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।
यसअघि गत असारको गाउँसभाले समानीकरणको पुजीगततर्फ सात करोड ८० लाख २५ हजार रुपैयाँ बिनियोजन भएकोमा आर्थिक वर्षको करिब छ महिनाको अवधिमा ३४ लाख ८८ हजार २८० रुपैयाँ खर्च भएको छ ।
गाउँसभाले मंगला गाउँपालिका भित्रका सडकको क्षेत्राधिकार पनि कायम गरेको छ । क, ख, ग र घ बर्गमा सडकलाई बर्गीकरण गरेर क्षेत्राधिकार कायम गरिएको हो । क वर्गमा पर्ने सिम–टाड्के, पुल्चोक–पोक–देउराली, पखेर–झाँक्रेपानी र पुल्चोक–छिस्वाङ–खोप्टी सडकको क्षेत्राधिकार १३ मिटर कायम गरिएको छ
यसैगरी ख बर्गमा सूचिकृत भाईवाङ–हिदी, सातबिसे–बरंजा–बुकेनी, सिमलचौर–टोड्के, मुहानेखोला–पाखु–धारा–सिर्कुम–टिकावाङ सडकको क्षेत्राधिकार ११ मिटर कायम भएको छ । ग वर्गका सडकको ९ र घ वर्गका बजारका भित्री गल्लीको सडकको क्षेत्राधिकार ६ मिटर कायम गरिएको छ । सबै सडकको डेढ मिटर सेटब्याक छाड्नुपर्ने भएको छ ।
गाउँसभामा कृषि शाखाका जगत बानियाले प्रस्तुत गर्नुभएको २५ लाख रुपैयाँ बराबरको र पशु सेवा शाखाका प्रमुख दिर्घबहादुर खड्काले प्रस्तुत गर्नुभएको २३ लाख ४५ हजार रुपैयाँ बराबरको कृषि र पशु सेवा शाखाले चालू आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमहरु स्विकृत भएको छ ।
सभालाई सम्बोधन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले कर्मचारीले जागिरे मानसिकता त्याग्नुपर्ने र जनप्रतिनिधिले कर्मचारीको जस्तो ब्यवहार देखाउन नहुने बताउँदै योजना तथा कार्यक्रमहरु सफलतापूर्वक प्रभावकारी र पारदर्शी हिसाबले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष सिर्जना केसीले केही कर्मचारीहरुले गाउँपालिकालाई असफल बनाउन असहयोग गरिरहेको बताउँदै बिधि र प्रक्रिया अनुसार भएको निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बजेट संसोधन भएपछि सुत्र सफ्टवयरमा राखेर कार्यान्वयनमा सहजता हुने अपेक्षा व्यक्त गर्नुभयो । गाउँसभाको सहजिकरण सूचना अधिकारी राजेन्द्र आचार्यले गर्नुभएको थियो ।
गाउँसभामा सहभागि सदस्यहरुले चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका थिए ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै…
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…
पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा…