सिजन रोका मगर बेनी बिहिबार माघ ३ गते । २१ औ भूकम्प सुरक्षा दिवस बुधबार म्याग्दीमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । यस्तै म्याग्दीको सदरमुकाम सहित बुधबार मंगला गाउँपालिकाले पनि २१ औं भुकम्प सुरक्षा दिवस मनाएको छ ।
मङ्गला गाउँपालिकाको आयोजनामा विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानीय सरकार भन्ने मुल नाराका साथ २१औ भुकम्प सुरक्षा दिवस २०७५ मनाइएको हो ।
कार्यक्रममा वडा अध्यक्षहरु, वडा सदस्य, विधालय शिक्षक,संघ संस्था प्रमुख तथा प्रतिनिधिहरु र गाउँपालिका कर्मचारीहरुको सहभागिता रहेको थियो १ सय २७ जना भुकम्प पिडित रहेको गाउँपालिकामा पहिलो किस्ता १ सय २७ जनाले ,६५ जनाले दोस्रो किस्ता लगेका छन् भने सात जनाले दोस्रो किस्ताका लागि सिफारिसको आवेदन तथा आठ जनाले तेस्रो किस्ता लगेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष सत प्रसाद रोका मगरको अध्यक्षता, ईन्जिनियर सोहनजंग कार्कीको स्वागत र सिजन रोका मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाको भुकम्प सम्बन्धि प्रगति र सुरक्षा सम्बन्धी जानकारी गराउनुका साथै वृत्त चित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष धनबहादुर खाति, उपाध्यक्ष सिर्जना के सि ले मन्तव्य व्यक्त गर्नुभएको थियो
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका २ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।बुधवार मनोनयन दर्ताका दिन दलित तथा अल्पसंख्यकका तर्फबाट नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर किसानको…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…