बेनी शनिबार माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ ।
वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रबहादुर कार्की सहसचिव रहनुभएको समिति गठन भएको हो ।
समितिको सदस्यहरुमा यामबहादुर सुवेदी, चित्राकुमारी घिमीरे, कृष्णबहादुर सुवेदी, शिवजी शर्मा र प्रकाशबहादुर घिमीरे चयन हुनुभएको अनुगमन समितिका सदस्य याम खड्काले जानकारी दिनुभयो ।
वडा अध्यक्ष हिराबहादुर थापाको संयोजकत्वा सल्लाहकार र ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ ।
बेनीको नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको मायालुडाँडामा हरियाली पार्क बनाउन वन डिभिजन कार्यालयले चालू आर्थिक वर्षमा १२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…
काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी…