म्याग्दीकाली सञ्चार सहकारीको भवन निर्माण सुरु

बेनी बिहिबार माघ ३ गते । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले भवन निर्माण सुरु गरेको छ ।

बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण हुन लागेको भवनको संस्थाका कार्यवाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले संयुक्त रुपमा शिलन्यास गर्नुभयो ।

शिलन्यास कार्यक्रममा संस्थाका पदाधीकारी, सञ्चालक र कर्मचारीहरुको उपस्थिती थियो । एक करोड रुपैयाँको लागतमा चार तले भवन निर्माण कार्य २०७६ मंसिर महिनाभित्र सम्पन्न गरिने संस्थाका प्रबन्धक धु्रबराज सुवेदीले बताउनुभयो ।

म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्ज, केबुल नेटवर्क र इन्टरनेट सेवा प्रवाह गर्दै आएको म्याग्दीकाली सञ्चार सहकारी हाल बेनीको न्युरोड स्थित भाडाको घरबाट सञ्चालन हुदै आएको छ ।

सम्बन्धित समाचार

thumbnail

पिताको वार्षिक पुण्य तिथिको अवसरमा विद्यालयलाई शैक्षिक पोशाक वितरण

बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…

thumbnail

बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट, उत्पादन र शिक्षामा जोड

सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…

thumbnail

बेनी नगरपालिका –७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…