बेनी मंगलबार माघ ८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग मंगलबार बेनीमा हिन्दु पुनःजागरण अभियान अन्तरगत घरदैलो गरेको छ ।
राप्रपाका केन्द्रीय सदस्य भिमप्रसाद गौचन र जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको नेतृत्वमा न्यूरोड स्थित पार्टी कार्यालयबाट सुरु भएको ¥याली सहितको घरदैलो कार्यक्रम बजार परिक्रमा पछि सोही ठाउँमा पुगेर समापन गरिएको थियो ।
हिन्दु राष्ट्र घोषणाका लागि सरकारलाई दवाव दिन देशव्यापी हिन्दु जागरण अभियान अन्तरगत बेनीमा कार्यक्रम गरिएको नेता गौचनले बताउनुभयो । हिन्दु राज्यको पक्षमा जनमत सिर्जना गराउन स्थानीय तह, वडा र बस्ती स्तरमा पनि कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
घरदैलो कार्यक्रममा बेनपाका उपमेयर सञ्जु बरुवाल लगायत नेता कार्यकर्ताहरुको उपस्थित थियो ।
काठमाडौँ । सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने हुनुभएको छ । सामान्यतयास् मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि झाँक्रीले…
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कृषि उत्पादन बढाउन र समाजवादतर्फ जान कृषिको माध्यम अपनाउनुपर्ने बताउनुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ । नेपाल आयल निगमलाई पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ । राप्रपाले नेपालका अतिविशिष्ट…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…