३५ हजारभन्दा धेरै कर्मचारीको पहिलो रोजाइमा संघ

काठमाण्डौ आईतबार माघ ६ गते । समायोजनमा जान चाहने कर्मचारीले संघलाई पहिलो प्राथमिकतामा राखेको पाइएको छ ।

कर्मचारी समायोजन फारम भर्दा ३५ हजार ३ सय ६४ जनाले संघलाई पहिलो प्राथमिकतामा राखेका हुन् । त्यस्तै २७ हजार ४ सय ६१ ले स्थानीय तह र १४ हजार २ सय ९ जनाले प्रदेशलाई पहिलो प्राथमिकतामा राखेको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका उपसचिव अनिता निरौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

समायोजन फारम भर्दा ४६ हजार २ सय ७० जनाले संघ, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ३ लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह छनौट गरेका थिए । ७५ हजार ३ सय ६७ सरकारी सेवा र १ हजार ६ सय ६७ अन्य सेवाबाट गरी ७७ हजार ३४ कर्मचारीले समायोजनको फारम भरेका हुन् ।

उनीहरुलाई एकभन्दा बढी स्थान रोज्न पाउनेगरी विकल्प दिइएको थियो । फारम भर्ने प्रत्येकलाई संघ, प्रदेश र ५ सय ५३ वटा स्थानीय तह सहित ७ सय ६१ वटा विकल्प दिइएको थियो । उज्यालोअनलाइन

सम्बन्धित समाचार

thumbnail

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…

thumbnail

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…