अपाङ्गतालाई सहायता सामग्री वितरण

बेनी मंगलबार माघ २२ गते । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ ।

अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा भएको कार्यक्रममा नगर उपप्रमुख सञ्जु बरुवाल र स्वास्थ्य शाखा प्रमुख लीलादेवी गौतमले सामग्री वितरण गर्नुभएको थियो ।

उपप्रमुख बरुवालले सहायता सामग्रीले अपाङ्गता भएका नागरिकहरुको दैनिकी सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकलाई अनुसन्धानलेखन विषयक तालिम

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…

thumbnail

बेनी–दरबाङ सडक अवरुद्ध

बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात…