
हिलाम्मे सडकमा धान रोपाइँ !
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बेनी मंगलबार माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ ओखरबोटमा निर्माण भएको खानेपानी तथा सरसफाई परियोजनाको उद्घाटन गरिएको छ । मालिका गाउँपालिका आर्थिक सहयोग र दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानि तथा सरसफाई परियोजना अन्तर्गत संचालित एक घर एक धारा कार्यक्रमबाट निर्माण भएको डिल्ली खोला खानेपानि तथा सरसफाई योजनाको मंगलबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले उद्घाटन गर्नुभएको हो ।
परियोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रोका मगरले गाउँपालिका भित्र रहेका ग्रामिण भेगका जनतालाई शुद्ध पिउने पानीको पहुचमा ल्याउन सफल भएको बताउनुभयो । गाउापालिकाका सबै नागरिकलाई स्वच्छ, सफा र शुद्ध पिउने पानिको पहुँचमा ल्याउने गाउँपालिका लक्ष्य रहेकाे बताउनुभयाे ।
उहाँले गाउँपालिका भित्रका हरेक नागरिकलाई शुद्ध पिउने पानिको पहुचमा ल्याउन स्थानिय सहभागितामा विभिन्न कार्यक्रम सहित ठुलो आर्थिक लगानी गरेको बताउनुभयो ।
गाउँपालिका भित्रका नागरिकलाई स्वच्छ ,सफा र शुद्ध पिउने पानीको पहँचमा सहभागि गराउने लक्ष्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम लागु गरिएको बताउनुभयो ।
वासको ५७ प्रतिशत मालिका गाउँपालिकाको १० प्रतिशत आर्थिक सहयोग तथा स्थानियको २७ प्रतिशत जनश्रमदानमा परियोजना निर्माण सम्पन्न भएको उपाध्याक्ष खर माया विटालुले जानकारी दिनुभयो ।
५३ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न आयोजनाबाट ओखरबाटका ४० घरधुरी लाभाम्वित भएको वास ंसंयोजक कमला कुमारी शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष रोका मगर , उपाध्याक्ष विटालु, वास संयोजक कमला कुमारी शर्मा , प्रमुख प्रशासकिय अधिकृत बुद्धीराम उपाध्याय ,वडा अध्यक्ष दिलिपकुमार शेरचन, परियोजना इकाई पोखराका सरसफाई विज्ञ चन्द्रभक्त विष्ट,वास सम्पर्क पुर्णप्रसाद शर्मा , उपभोत्ता समितिका अध्यक्ष पुर्ण बहादुर विक र सचिव रमाकान्त घिमिरेको उपस्थिती रहेको थियो ।
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…