बेनी आइतबार फागुन १२ गते । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज म्याग्दीको शनिबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सबै जातजातिको सहकार्यबाट नै समाज विकासले गति लिने भएकाले एक भएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । उनले समाजमा सबै जातजातिका बिचमा एकता र सद्भाव कायम गरी समाज रुपान्तरणका लागि मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा क्षत्री समाज धौलागिरी अञ्चल समन्वय समितिका अध्यक्ष रुद्रबहादुर महत, क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावल, निवर्तमान अध्यक्ष अमृतदेवी बानियाँ, पूर्व अध्यक्ष क्या. मिनबहादुर कार्की, क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्की, म्याग्दीको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र क्षत्री महिला समाजका जिल्ला अध्यक्ष भावना पौडेलले सबै जातजातिसँग सहकार्य गरेर समाजको विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिएका थिए ।
समाजसँग हाल कुल एक करोड ४३ लाख रुपैयाँ बराबरको भवन तथा घडेरीका साथै भाँडावर्तनसहित जिन्सी सामानहरु रहेको छ भने २७ लाख ८९ हजार ऋण रहेको छ । समाजले महायज्ञको आयोजना गरी त्यसबाट सङ्कलित रकमले बेनीको सङ्गमचोक नजिकै जग्गा खरिद गरी समाजको आफ्नै भवन बनाएको छ । साधारणसभामा समाजका कोषाध्यक्ष बालबहादुर महतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा समाजको विधान संशोधनका लागि सल्लाहकार सन्तोष रावलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन उपसमिति बनाइएको छ । कार्यक्रमको अवसरमा अन्तर्राष्ट्रिय स्वर्णपदक विजेता निर्मल कटुवाल, प्रथम मिस म्याग्दी प्रतियोगितामा उत्कृष्ट हुने सुस्मिता बानियाँ र एस्पिला बानियाँलाई सम्मान गरिएको थियो । कार्यक्रम क्षत्री समाज म्याग्दीका अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कृष्णबहादुर बानियाँको स्वागत र सचिव देवेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन…
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन…
विराटनगर । विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…