निःशुल्क आँखा शिविरबाट साढे दुईसय जना लाभान्वित

मोतियाविन्दुका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा रिफर

प्रताप बानियाँ
म्याग्दी,मंगलबार माघ २९ गते । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा सञ्चालित शिविरमा झण्डै साढे २ सयजना लाभान्वित भएका छन् ।

निःशुल्क आँखा परीक्षण शिविरमा २ सय ४० जनाको आँखा परीक्षण गर्नुका साथै निःशुल्क रुपमा औषधी वितरण गरिएको छ । तीमध्ये ५ जनाको तुरुन्तै मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने भेटिएको हुँदा उनीहरुलाई हिमालय आँखा अस्पताल घारीपाटन पोखरा रिफर गरिएको आँखा उपचार केन्द्र बेनीका प्रमुख दिनेश बानियाँले बताए ।

शिविरको केन्द्र प्रमुख बानियाँसहित पुलाचौर स्वास्थ्यचौकीका अहेव कल्पना ढुङ्गाना र शहरी स्वास्थ्य केन्द्र सेताढुङ्गाका अनमी चन्द्रप्रभा भण्डारीले बिरामीको चेकजाँच गरी स्वास्थ्य सेवा दिएका थिए । शिविरको अवसरमा बिरामीहरुको प्रेसर समेत जाँच गरिएको थियो । उक्त शिविरमा भीरमुनी, पुलाचौर, चिप्लेटी, डडुवा र पुलाडाँडाबाट सर्वसाधारणहरु सेवा लिन आएका थिए । पौलस्त्य माविका शिक्षक तथा विद्यार्थीहरुले शिविरमा स्वयंसेवा गरेका थिए ।

शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ग्रामीण क्षेत्रबाट सदरमुकामसम्म पुगेर स्वास्थ्य सेवा लिन नसक्ने सर्वसाधारणहरुलाई लक्षित गरेर गाउँगाउँमा शिविर सञ्चालनमा जोड दिइएको बताइन् । उनले बेनी नगरपालिकाले जनताको समस्या समाधान गर्ने र शिक्षा, स्वास्थ्य तथा खानेपानीको विकासमा प्राथमिकता दिएको बताउँदै स्थानीय जनताले पनि सघाउनुपर्ने बताएकी थिइन् ।

बेनी नगरपालिकाको आर्थिक, रेडक्रस म्याग्दी शाखा र आँखा उपचार केन्द्र बेनीको प्राविधिक तथा हिमालय आँखा अस्पताल पोखराको विशेष सहयोग र बेनपा–५, वडा कार्यालयको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको थियो । पौलस्त्य माविको प्राङ्गणमा आयोजित शिविरलाई विद्यालयका पूर्व अध्यक्ष मिनबहादुर बानियाँले २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

रेडक्रस पुलाचौर उपशाखाका कार्यवाहक सभापति शिव बानियाँको अध्यक्षता, सचिव रेशम बानियाँको सञ्चालन र पौलस्त्य माविका प्रधानाध्यापक प्रेमबहादुर बानियाँले मन्तव्य राखेको कार्यक्रममा कोषाध्यक्ष गोविन्द बानियाँले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…

thumbnail

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…