बेनी बुधबार फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापाले जनयुद्ध, जनआन्दोलन लगायतका विभिन्न संघर्ष र बलिदानीले मुलुकमा राजैनितिक परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले राजनीतिक अधिकार प्राप्तिपछि अब मुलुकको अर्थतन्त्रको विकास गरेर समाजवाद स्थापनामा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश कमिटि सदस्य एवम प्रदेश सभा सदस्य विनोद केसीले अहिलेको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई विकास र समृद्धितर्फ लैजान सबै तहका सरकार र सरोकारवाला क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, नेकपाका गण्डकी प्रदेश सदस्य नवराज शर्माले परिवर्तनको रक्षा र जनजिविकामा परिवर्तन ल्याउनु अहिलेको प्रमुख कार्यभार रहेकोमा जोड दिनुभयो ।
नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य गोविन्द पौडेलको अध्यक्षता, जिल्ला संयन्त्र सदस्य एवम जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको स्वागत र जिल्ला संयन्त्र सदस्य सुविन जुग्जालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सामान्तवादको अन्त्य र गणतन्त्र स्थापनाको उद्देश्य राखेर जनयुद्ध सुरु गरेको थियो । माओवादीको नेतृत्वमा दश वर्षसम्म चलेको जनयुद्ध २०६२ को दोस्रो जनआन्दोलन संगै शान्ति प्रक्रियामा रुपान्तरण भएको थियो । राजतन्त्रको अन्त्य, गणतन्त्र घोषणा, संबिधानसभाबाट संबिधान निर्माण, समावेशीकरण हुदै कार्यान्वयनको चरणमा रहेको संघीय शाषण व्यवस्था जनयुद्धका राजनितिक उपलब्धि हुन् ।
जनयुद्धको नेतृत्व गरेको तत्कालीन माओवादी र नेकपा एमाले २०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको क्रममा तालमेल गरेका थिए भने २०७५ जेठ ४ मा पार्टी एकताको घोषणा गरेका थिए । एमाले र माओवादीको एकतापछिको पार्टीको नाम नेकपा बनेको छ ।
सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…