नेपालको ऐतिहासिक जीत , युएईविरुद्धको टी(२० सिरिजमा पनि कब्जा

काठमाडौं आईतबार माघ २० गते । नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो।

यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २(१ ले आफ्नो कब्जामा पारेको थियो। आइतबार भएको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हात पारेको हो। वर्षाका कारण १० ओभरमा छोट्टिएको खेलमा नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको थियो। यसअघी करण केसीले एउटै ओभरमा दुई विकेट लिएका थिए। करणले युएईको चौथो र पाँचौँ विकेट लिएका थिए। चौथो विकेटका रूपमा सहिमन अनवारलाई करणले ३० रनमा आउट गरेका हुन्। करणले ओभरको पहिलो बलमै अनवारलाई आउट गरे।

पाँचौँ विकेट ओभरको तेस्रो बलमा लिएका हुन्। उक्त विकेट मोहम्मद नावीको थियो। करणको बलमा ज्ञानेन्द्र मल्लले अनवारलाई क्याच आउट गरेका हुन्। भने अर्को विकेट पवन सर्राफले क्याच गरेका हुन्। युएईको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन्।

सन्दीपले मोहम्मद उस्मानलाई २ रनमा आउट गरेका हुन्। सन्दीपले खेलको पहिलो ओभरमा २० रन दिएका थिए। नेपालका लागि दोस्रो विकेट अविनाश बोहराले पहिलो ओभरको पाँचौँ बलमा गुलाम सवीरलाई आउट गरेका छन्।

सब्बीरले लामा सट प्रहार गर्दै २५ रन बनाएका थिए। युएईको पहिलो विकेट सोमपाल कामीले लिएका थिए। सोमपालले अस्फाक अहमदलाई ८ रनमा आउट गरेका छन्। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर १०४ रन जोडेको थियो। ब्याटिङमा कमजोर प्रदर्शन गर्दै आएको नेपालका लागि यो स्कोर राम्रो मानिएको छ। नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१ र ज्ञानेन्द्र मल्लले ११ रन जोडेका थिए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। युएईका लागि मोहम्मद नावी र सुल्तान अहमदले समान दुई(दुई विकेट लिए भने अमीर हयात, जहोर खान र मोहम्मद बुटाको नाममा एक एक विकेट रह्यो।
थाहाखबर

सम्बन्धित समाचार

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…