काठमाडौँ सोमबार फागुन १३ गते । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो ।
अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनायो । चीनका लागि झान मेईले सर्वाधिक ३३ रन तथा सियोन झौले १८ रन जोडिन् ।
बलिङतर्फ नेपाललकी सीता राना मगरले तीन तथा कृष्ण कुँवरले १ विकेट लिइन । त्यसअघि ब्याटिङ गर्दै नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन, सीता राना मगरले ११, बिन्दु रावलले १०, इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन तथा सरिता मगरले ६ रन जोडिन ।
बलिङतर्फ चीनकी वाङ मेङ र हान लिलीले दुई÷दुई विकेट लिइन् । जीतसँगै नेपाल ८ अङ्कसहित तेस्रो स्थानमा छ । नेपालले बुधबार कुवेतसँग खेल्नेछ । रातोपाटी
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…
काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…