‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम मावि राजदाङलाई
आइतवार, फाल्गुन ५ गते
। म्याग्दी न्युज संवाददाता
दरबाङ्ग, आइतबार फागुन ५ गते । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र वडा नं ६ दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो ।
यसैगरि प्रतियोगितामा ६ स्वर्ण हात पारेको केवि एकेडेमी बोडिङ स्कुल दरबाङ द्धितिय र ४ स्वर्ण लिएको जनप्रिय मावि दरबाङ्ग तृृतिय स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा प्रथम हुन सफल भिम माविले ५० हजार रुपैयाँ, शिल्ड ,मेडल र प्रमाणपत्र,द्धितिय केवि एकेडेमीले २५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा तृतिय भएको जनप्रिय मावि दरबाङ्गले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र हात पारेको कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रथम भिम माविले एथलेटिक्स तर्फ आठ ,द्धितिय केवि एकेडेमी बोडिङ्गले एथलेटिक्समा पाँच र छात्र भलिबलमा एक स्वर्ण तथा तृतिय जनप्रिय माविले छात्र÷छात्रा एथलेटिक्समा दुई र कवडीमा दुई गरि चार स्वर्ण प्राप्त गर्न सफल भएको हो ।
प्रतियोगितामा विजेता , उपविजेता र सान्त्वना विद्यालयलाई पुरस्कारले सम्मान गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले प्रतियोगिताले विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभाको पहिचान हुनुको साथै उनिहरुको शारिरिक,मानसिक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान गर्न सफल भएको बताउनुभयो । उहाँले प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर प्रतिभाको पहिचान गर्नुका साथै विद्यालयहरुलाई खेल क्षेत्रको विकासमा लाग्न सन्देश प्रवाह गरेको बताउँनुभयो ।
तीन दिन सम्म संचालन भएको प्रतियोगितामा ७ वटै वडाका एघार विद्यालयल सहभागि मध्य प्रतियोगितामा किसानी मावि विम चार ,गौवम बस्त मावि देविस्थान चार ,अमरज्योति मावि डाडागाउँ दुई तथा ओखरबोट मावि ओखरबोटले एक स्वर्ण ल्याउन सफल भएका छन् भने सिदार्थ मावि च्युरिबोट ,राष्ट्रिय मावि रुम, दरबाङ्ग ईङ्गलिस बोर्डिङ्ग स्कुल दरबाङ्ग र निस्कोट मावि निस्कोट भने सम्पन्न आठ खेलमा स्वर्ण पदक बिहिन बनेका छन् ।
भलिबल खेलमा छात्रतर्फ केवि बोडिङ्ग प्रथम ,अमरज्योति मावि डाडाँगाउँ द्धितिय र किसानी मावि विम तृतिय भएका छन् भने छात्रा तर्फ ओखरबोट मावि ओखरबोट प्रथम ,अमरज्योति मावि डाडाँगाउँ द्धितिय र जनप्रिय मावि दरबाङ्ग तृतिय भएका छन् ।
भलिबल खेलमा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश १० हजार रुपैयाँ , कप ,मेडल र प्र्रमाणपत्र ,७ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र र ५ हजार रुपैयाँ प्रमाणपत्र ,मेडल र प्रमाणपत्र हात पारेका छन् ।
कवडि खेलमा छात्रतर्फ जनप्रिय मावि दरबाङ्ग प्रथम ,किसानी मावि विम द्धितिय र दरबाङ ईङ्गलिस बोर्डिङ्ग स्कुल तृतिय भएका छन् । जनप्रिय मावि दरबाङ्ग प्रथम ,सिद्धार्थ मावि च्युरिबोट द्धितिय र केवि एकेडेमी बोडिङ्ग स्कुल दरबाङ्ग तृतिय स्थान हासिल गरेका छन् ।
प्रथम भएको जनप्रिय मावि दरबाङले छात्र÷छात्रातर्फ १० हजार रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाएका छन् । द्धितिय भएका छात्र किसानी मावि विम र छात्रातर्फका सिद्धार्थ मावि च्युरिबोटले ७ हजार, मेडल र प्रमाणपत्र पाएका छन् भने तृतिय भएका छात्र तर्फ दरबाङ ईङ्गलिस बोर्डिङ्ग स्कुल तथा छात्रा तर्फ केवि एकेडेमी दरबाङले ५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पारेका छन् ।
यसैगरि छात्र÷छात्रा एथलेटिक्स प्रतियोगितमा छात्रतर्फ केवि बोडिङ्ग प्रथम ,गौवम बस्त मावि देविस्थान द्धितिय र जनप्रिय मावि दरबाङ्ग तृतिय भएका छन् भने छात्रातर्फ भिम मावि राजदाङ्ग प्रथम ,किसानी मावि विम द्धितिय र अमरज्योति मावि डाडाँगाउँ तृतिय भएका छन् ।
छात्र÷छात्रा तर्फको एथलेटिक्स प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका विद्यालयले क्रमश १० हजार रुपैयाँ , कप ,मेडल र प्रमाणपत्र , ७ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र र ५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्न सफल भएको शिक्षा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
अध्यक्ष रोका मगरको अध्यक्षता,कार्यक्रम संयोजक एवम् वडाध्याक्ष सन्तोष सुवेदीको समापन मन्तव्य र जनप्रिय माविका शिक्षक बालकृष्ण शर्माको संचालनमा समापन कार्यक्रममा वडा नं सातका अध्यक्ष रेशम जुग्जाली मगर र वडा नं तीनका अध्यक्ष हेम बहादुर पुुन मगर लगायत विभिन्न संघ ,संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीले मलेसियामा हुने टीवाईटी कप फुटबलमा भाग लिने भएको छ । सोमबार बेलुकी ७ बजे मलेसिया प्रस्थान गर्ने टोलीलाई क्लबले बिदाइ गरेको छ । क्लबका…
काठमाडौँ । क्यानडाबिरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…