बुद्ध एकेडेमीको १३ औं बार्षिकोत्सक ःशिक्षामा लगानी बढाउन सुझाव
शनिवार, फाल्गुन ११ गते
। म्याग्दी न्युज संवाददाता
बेनी शनिबार फागुन ११ गते । ‘सम्येक सक्षमताका लागि शिक्षा’ भन्ने मूलमन्त्र सहित २०६३ सालमा स्थापित भएको म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १३ र्औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको छ । पाँच दिनसम्म खेलकुद लगाएतका विविध कार्यक्रमहरुको आयोजना गरी शुक्रवार वार्षिकोत्सव समारोहको आयोजना गरेको हो ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले शिक्षा र स्वास्थ्यमा जति लगानी गरेपनि त्यो लगानी खेर नजाने हुँदा लगानी वृद्धिगर्दै गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताए ।
त्यसैगरी प्याब्सन म्याग्दीका उपाध्यक्ष हिरा पुनले शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनका लागि नीजि विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यले नीजि विद्यालयहरुलाई सौतिलो व्यवहार नगरी सहयोगि भूमिका निर्वाहा गर्न आग्रह गरे ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विक, स्थानीय सामाजिक अगुवा क्या.मीनबहादुर कार्की,विद्यालय अभिभावक सम्पर्क समितिका अध्यक्ष गेमबहादुर घर्तीमगरले बुद्ध एकेडेमी बुद्ध एकेडेमीले शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै यस्तै गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल धु्रबसागर शर्माले अतिथी एवम् उपस्थित अभिभावकहरुलाई स्वागत गर्दै गुणस्तरीय शिक्षा र अनुशासनमा विद्यालयले कसैसंग कुनै किसिमको सम्झौता नगर्ने र बुद्ध एकेडेमीलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे । विद्यालयका संचालक एवम् प्रवन्धक राजकुमार थापाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक सुधारमा समेत विशेष ध्यान दिइने बताए ।
सोही अवसरमा विभिन्न शिक्षक, अभिभावक र विद्यार्थीहरुका छुट्टाछुट्टै खेलकुद प्रतियोगिताका विजयी एवं विद्यालयका विभिन्न आन्तरिक प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरियो । कार्यत्रममा अभिभावक तथा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…